काभ्रे हेडलाईन डेक्स
– पाँच बर्षमा पनौतीको शैक्षिक अवस्थामा अप्रत्यासित परिर्वतन आएको छ । बसमा चढेर स्कूल जाने, नाटक मार्फत शिक्षाका कुरा गर्ने र गित गाउन पाउने कल्पना गरेका थिएनन् पनौतीका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले । भत्केको कोठाभित्र गुम्सिएर पढ्ने उनीहरुका लागि नयाँ विद्यालय भवन सपना जस्तै थियो । भुकम्पपछि पनौतीका सबै विद्यालयमा भवन बने । अब समस्या थियो शैक्षिक गुणस्तर सुधार्नु । शैक्षिक अवस्था सुर्धान ग्रामीण सामुदायिक संगठन अग्रसर बन्यो ।
केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ । काभ्रेको पनौती नगरपालिकामा सामुदायिक विद्यालयमा विद्यार्थीको शैक्षिक, अतिरिक्त कृयाकलापसँगै अभिभावकलाई समेत सुर्धान ग्रामीण सामुदायिक संगठन निक्कै सकृय बनेर लागेको छ ।
पछिल्ला पाँच वर्षमा पनौतीका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या अप्रत्यासित रुपमा बढेको छ । संख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ । सजिलै भर्ना हुने अवस्था नभएपछि नेताको भनसुन गराएर बालबालिका भर्ना गराउन अभिभावक विद्यालय पुग्ने गरेको उदाहरण पनौतीमै पाईन्छ । केही विद्यालयले भर्ना नै रोक्नु परेको कुरा समेत बाहिर आएको थियो ।
समुदायले हेर्ने दृष्टिकोण बदल्न सामुदायिक विद्यालयमा आरसिएफ नेपालले जोडतोडले मेहनत गरे, तीनै तहका सरकारले शिक्षामा लगानी गरे । त्यो कामको सफलता पनौतीमा देखिन थालेको छ ।
पनौतीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न पनौती नगरले विशेष लगानी ग–यो र योजना बुन्यो । नयाँ संरचना निर्माण र विज्ञान प्रयोशाला निर्माणले सामुदायिक विद्यालयको मुहार नै फेरियो । केही बर्षअघिसम्म भत्केको पार्टी जस्तो कोठामा पढ्ने विद्यार्थी आजभोलि रिर्सोट जस्ता विद्यालयमा पढ्छन् । तर त्यसभित्र रहेका नियमितता, मनोरञ्जन, कला, अतिरिक्त कक्षा, नाटक र नृत्य जस्ता विविध विधा मार्फत सामुदायिक विद्यालयका विद्यार्थीलाई आएसिएफलेनै अध्ययनमा समेत अग्रसर बनायो ।
दुई बर्षभन्दा लामो लकडाउनपछि पढ्ने कुराको विकास नभएको अवस्थामा स्कूल जानुभन्दा अघि र स्कूल गएर आएपछि आफ्नो् टोलमै दक्ष शिक्षकबाट नियमित ट्युशन पढाउन थाल्यो ।
दक्ष जनशक्ति, आवश्यक भौतिक संरचना र नतिजा राम्रो बनाउन आरसिएफको भुमिका निक्कै राम्रो भयो पनौती नगरपालिकाका मेयर भिम न्यौपाने भन्नुहुन्छ । हामीले भौतिक पूर्वाधारमा जोड दिएका छौ भने आरसिएफले गुणात्मक विकासमा ध्यान दिएको छ उहाँले भन्नुभयो । उहाँले अझै केही समस्या विद्यमान रहेकाले त्यसको सुधारका लागि आफूहरुले आरसिएफसँग समन्वय गरेर काम गर्ने भन्नुभयो ।
यस क्षेत्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तरमा प्रगति देखिएपछि अभिभावक पनि सन्तुष्ट छन् । पहिले त छोराछोरी सरकारी स्कुल पढ्छन् भन्न पनि अप्ठ्यारो लाग्थ्यो तर अहिले गर्व लाग्छ अभिभावक सूर्यमान तामाङले भन्नुभयो । उहाँले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा जान निक्कै अग्रसर बन्ने गरेको भन्नुभयो । अहिले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण फेरिएको उहाँको भनाइ छ । समय समयमा हामीसँग आएर पनि विद्यालय सुधार्न आरसिएफका साथीहरुले सहयोग गर्नुहुन्छ । हामी पनि विद्यालय गएर अनुगमन गर्न थालेका छौ ।
स्थानीय तहका सहयोगमा नयाँ भवन निर्माण, विज्ञान प्रयोगशाला र पुस्तकालय निर्माणपछि विद्यालय पनि आकर्षक देखिएका छन् । यसले विद्यार्थीमा उत्साह जागेको छ । बोर्डिङ स्कुलका भवनका तुलनामा हाम्रो स्कुल आकर्षक नहुँदा मन खिन्न हुन्थ्यो । अहिले त हाम्रै विद्यालय राम्रो लाग्छ भालेश्वर माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र केसीले भन्नुभयो ।
आरसिएफ नेपालको योजनाबद्ध कामले पनौतीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमूल परितर्वन आएको हो । शैक्षिक विकासका लागि पञ्चवर्षीय योजना बनाएर कार्यान्वयन गरेको नगरले सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा पु¥याउने लक्ष्य लिएको नगरका शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेले भन्नुभयो ।
छात्रवृत्ति, पुस्तक समयमै उपलब्धता, शिक्षकलाई प्रशिक्षण, विद्यालयको नियमित अनुगमन र शैक्षिक विज्ञसँंग सुझाव लिएर विद्यालय सुधारका काम गरिरहेको छ ।
शिक्षा सुर्धान कचहरी, विद्यालय व्यवस्थापन समितीका लागि क्षमता विकास तालिम, अतिरिक्त ट्युशन कक्षा, नमूना विद्यालय कार्यक्रम, नृत्य प्रशिक्षण,संगित तारा छनौट, चित्रकला तालिम संचालन भैरहेका छन् ।
७२ स्थानमा अतिरिक्त कक्षा
कोभिड महामारीका कारण बालबालिकाहरुको सिकाईमा भएको क्षति न्युनिकरणमा सहायता पुर्याउने उदेश्यले संस्थाले पनौती नगरपालिकाको १२ वटै वडाका ७२ स्थानमा ट्युसन कक्षा सचालन गरेको छ । यसले नियमित स्कूल आउन र बालबालिकामा पढ्ने सँस्कृतीको विकास भएको छ ।
विद्यालय सुधारमा आरसिएफ नेपालले गरेको कार्यप्रति अभिभावक मात्रै नभएर विद्यालयका प्रधानाध्यपक पनि निक्कै खुसी हुनुहुन्छ । भालेश्वर माविका प्रअ रामचन्द्र थापाले विद्यालयको शैक्षिक अवस्थाको सुधारको लागि आरसिएफ नेपालले गरेका कृयाकलापले निक्कै राम्रो भुमिका गरेको बताउनुुहुन्छ ।
कुशादेवी माविका प्रअ श्याम भुजुले नमूना स्कूल कार्यक्रम मार्फत हरेक बर्ष आफ्नो विद्यालयमा विद्यार्थीको संख्यामा उल्लेख्य सुधार भैरहेको बताउँदै आरसिएफ नेपालको भुमिकाले पनौतीको सामुदायिक विद्यालयमा शिक्षामा सुधार ल्याएको भन्नुभयो ।
विद्यालय भनेको पढ्ने र पढाउने भन्दा पनि अतिरिक्त कृयाकलापसँगै विद्यार्थीलाई खुसीसाथ विद्यालय आउने अवस्था सृजना गर्नु रहेको पुण्य माविका प्रअ सरस्वती कणेलले बताउनुभयो । भालचन्द्र माविका प्रअ ओम वाइवाले विद्यालयको शैक्षिकसँगै भौतिक विकासमा सहयोग गरिरहेको बताउनुभयो ।
आरसिएफ नेपालको अभियानलाई सुरुवातै चरणबाट सहयोग गरिरहनु भएका शिक्षासेवी रामप्रसाद अधिकारीले यो अभियानले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारमा निक्कै ठूलो भुमिका निभाएको भन्नुभयो ।
आरसिएफ नेपालले पनौतीका सामुदायिक विद्यालयको अवस्था सुर्धान गरेको प्रयासले दीर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्ने अधिकारीले भन्नुभयो । उहाँले रचनात्मक कार्य नै विद्यार्थीको शैक्षिक अवस्था सुर्धानको लागि निक्कै फलदायी हुने बताउनुभयो ।
संविधान सभाका सदस्य रामहरि सुवेदीले शिक्षा क्षेत्रमा पनौती नगरपालिकाले पछिल्लो समय आरसिएफ नेपालको गतिविधीले निक्कै सुधार ल्याएको भन्नुभयो । उहाँले पनौती नगरपालिकाको शिक्षा क्षेत्रमा पनौती नगरपालिका एक कदम अघि देखिएको बताउँदै यसको श्रेय आरसिएफ नेपाललाई जाने भन्नुभयो ।
पनौती क्षेत्रमा रहेका ३४ विद्यालयको कक्षा कोठामा पुगेर रातो बंगला फाउण्डसेनसंगको सहकार्यमा एक बर्षभरि शिक्षक तालिम सञ्चालन गरेको छ । जसको कारणले दैनिक पठनपाठनमा व्यापक सुधार ल्याएको छ । भालचन्द्र माविका प्रअ ओम वाइवाले यसले शिक्षकमा नयाँ उर्जा थपेको बताउनुभयो । तालिमले नयाँपना दिने भएकाले आफ्ना कक्षा कोठाहरु विगतमा भन्दा शैक्षिक सिकाइमा धेरै गुणस्तर बनेको वाइवाले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समिती सकृय बन्दै
विद्यालय सुर्धान एउटा पक्षले मात्रै सक्दैन । शिक्षक, विद्यार्थी,अभिभावक, स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितीको भुमिकाले मात्रै संम्भव छ । त्यसको महत्वलाई आत्मसाथ गर्दै आरसिएफले विद्यालय व्यवस्थापन समिति केन्द्रीय महासंघसँगको सहकार्यमा विद्यालय व्यवस्थापन समिती गठन भएका सवै विद्यालयका अध्यक्ष र सदस्यहरु अनि पिटिएका अध्यक्षहरुलाई २ दिनको तालिम दिएको छ । सो तालिम विद्यालय कसरी राम्रो बनाउने भन्ने बिषयमा केन्द्रीकृत रहेको थियो ।
तालिममा प्रशिक्षक रहनु भएका महासंघका केन्द्रीय अध्यक्ष कृष्ण थापाले पनौतीमा सामुदायिक विद्यालयको शिक्षा सुर्धान आरसिएफले समुदाय स्तरमा गरेको शिक्षा सम्वन्धी कामबाट आफू धेरै प्रभावित भएको बताउनुभयो । सामुदायिक विद्यालय कस्ता हुनुपर्छ त्यसको उदाहरण हेर्न पनौती जान सबैलाई अनुरोध गर्नुभयो ।
गुणस्तरमा फड्को मार्दै पनौतीका सामुदायिक विद्यालय
2022-04-09T19:08:06+05:45

तपाईको प्रतिक्रिया