सम्पदा जोगाउन बनेपामा सुकुल भोज

बनेपा÷नेपालका प्राचीन सहर मध्येको एक बनेपाका सम्पदा जोगाउन स्थानीय युवाले विश्व सम्पदा दिवस २०७९ को अवसरमा सुकुल भोजको आयोजना गर्ने भएको छ ।
ूप्राचीन बनेपा जोगाऔू बिश्व सम्पदा दिवस २०७९, बैशाख ५ गते सोमबार का दिन लायकु दरबार क्षेत्र बनेपामा नेवारी सुकुल भोज ९झ्वस् भ्वय० र साङ्गितिक प्रस्तुति सहित बनेपा लायकु दरबार क्षेत्रमा काभ्रेको उद्यमी म्रञ्चले ले मौलिक सम्पदाको जगेर्ना र सास्कृतिक पर्यटनको बिकासमा तेवा पुर्याउने उदेश्य सहित आयोजना गरेको हो । । कार्यक्रमबाट स्थानीयमा सम्पदा संरक्षण सम्बन्धि जनचेतना जागरण हुने र आफ्ना पुर्खाले बनाएर गएका साँस्कृतिक धरोहर पुस्तान्तरणमा सहयोग पुग्ने फोरम का अध्यक्ष सरोजकाजी श्रेष्ठ बताउनु हुन्छ । सो भोज स लायकु दरबार क्षेत्रमा दिउँसो २ बजे देखि ७ बजेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया