स्थानीय तहको निर्वाचनको मिती घोषणा भएसँगै काभ्रेमा पनि उम्मेदवारी घोषणाको लहर छाएको छ । एउटा पार्टीबाट एक दर्जनभन्दा धेरैले सामाजिक संञ्जाल मार्फत उम्मेदबारी घोषणा गरेका छन् । काभ्रेका कुनै पनि प्रमुख राजनितीक दलले गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुख कसरी उपलब्ध गराउने भन्ने बारेको छलफल समेत सुरु नगरेको अवस्थामा आफैले स्वघोषणा गरेर उम्मेदबार बन्नु दिवा सपना बाहेक केही पनि हैन ।
दलले आफ्नो दलीय व्यवस्था अनुसार उम्मेदबार छान्छ । त्यस्तै स्वतन्त्र उम्मेदवारले उम्मेदबारी दिन्छ । तर दलका नेता कार्यकर्ता सामाजिक संञ्जालमा मेयर बनेको जसरी फोटो हाल्न थालेका छन् । यसले पुच्छरले टाउको हल्लाउन खोजेको अनुभुति हुन्छ ।
तपाईको प्रतिक्रिया