
लामो समय बिद्यार्थी राजनितिमा लागेर बिद्यालय शिक्षा बारे अध्ययन गरेका युवा बिद्यालय ब्यवस्थापन समितिमा आए पछि काम गर्न सकिने रहेछ भन्ने उदाहरण मण्डनदेउपुर नरगपालिका वडा नं ६ मा रहेको ब्रम्हायणी माविमा हेर्न सकिन्छ । बिद्यार्थीहरुको हक हितको लागि लामो समय केन्द्रमा रहेर बिभिन्न बिद्यार्थी आन्दोलनहरुमा योगदान दिदै आएका देउपुर निवासी गोकुल डोटल अहिले बिहान देखि बेलुका सम्म बिद्यालयको बारेमा मात्र सोचिरहेको देख्न सकिन्छ । हाम्रो बनेपामा भएको छोटो भेटमा समेत डोटेलले बिद्यालय सुधार गर्नको लागि धेरै कठिन भएको सुनाए । समुदायिक बिद्यालय सुधार गर्नको लागि सोचे जस्तो नभएको उनि सुनाउछन् । डोटेल बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएपछि बिद्यालय सुधारको लागि धेरै योजनाहरु समेत बनाएको उनले सुनाए । बिद्यालय सुधार शिक्षामा राम्रो गुणस्तर नतिजा ल्याउनको लागि सबै तह तप्कहरुका र केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारहरुले पुर्णरुपमा सहयोग गर्नु पर्ने उनि बताउछन् । उनि बिद्यालय बयवस्थापन समितिको अध्यक्ष भए संगै बिद्यालय पुर्व सभामुख कृष्ण बहादुर माहरालाई बिद्यालय सम्म लगेर सहयोग गर्नको लागि अनुरोध गरिएको थियो । त्यसै गरि बिद्यालयको बारेमा सधै चिन्त लिने डोटेलले बिद्यालयमा बिभिन्न सहयोगीहरु मार्फत बिभिन्न कार्यक्रमहरु बिद्यालयको आगाँन सम्म पु¥याउन सफल भएको छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको लागि चाहिने शैक्षिक सामग्री देखि बिद्यालयमै स्वास्थ्य शिविर गर्ने कामहरु डोटेलले सहयोगीहरुको हात लिएर गर्न सफल भएको छ । आउदो दिनमा बिद्यालयलाई नमुना बनाउनको लागि निकै लागिपरेका गोकुल डोटेल अचेल शहरमा भन्दा पनि धेरै समय गाउँमै र बिद्यालयकै लागि समय खर्चगरिरहेका देख्न थालेका स्थानियहरु बताउछन् । युवाले बिद्यालय समाले संगै धेरै बिषयहरुमा राम्रो हुदै गएको उक्त बिद्यालयमा अध्ययन गर्नुभएका पत्रकार यदु गौतम बताउछन् । शहर छोडेर गाउँमा बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएपछि भेटघाट समेत पातलिएको अहिले गोकुललाई बिद्यालयको मात्र चिन्त लिने गरेको गौतम बताउछन् । आउदो शैक्षिक सत्रमा उक्त बिद्यालयमा बिद्यार्थीहरुको आर्कषणको केन्द्र बिद्यालय बनाउको लागि योजना बनाईरहेको डोटेलले सुनाए । हेरौ अब सकेको गर्न र गरेर देखाउनको लागि आएको हु मैले बिद्यालय लाई के दिन सकिन्छ सकेको दिने छु उनले भने ।

तपाईको प्रतिक्रिया