
देउपुर– मण्डन देउपुर नगरपालिका वडा नं ६ मा रहेको श्री ब्रम्हायणी माविमा स्वास्थ्य इकाइको आयोजना र मनमोहन मेमोरियल कलेज शिक्षण अस्पताल काठमण्डौको र नेपाल हर्ट तथा डाइबेटिज प्रालिको सहयोगमा स्वास्थ्य शिविर भएको सम्पन्न भएको छ । बिद्यालयमा भएको स्वास्थ्य शिविर मण्डनदेउपुर नगरपालिका मेयर टोक बहादुर वाईवाको प्रमुख आतिथ्यमा भएको हो । ।कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष डिल्ली आर्चाय बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोकुल डोटेल लगायतले बिद्यालय को गतिवीधी शिक्षामा सुधार भएको बिषयमा प्रस्ट पार्नु भएको थियो । शिविरमा स्वस्थ्य मन्त्रालयका डाक्टर असेश रेग्मि, वरिष्ट मुटु रोग विषेशज्ञ डा. सुशील चन्द्र शाह र डा. देबेन्द्र भण्डारी ले एक दिने शिविरमा स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिविर लाई समन्वय भुमिका खेल्ने अग्रगामी नेपाल सस्थाका अध्यक्ष दिपक डोटेलले सहजिकरण गरिएको थियो ।
शिविरमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु शिक्षक शिक्षिका बिद्यालयका स्टाफहरु लगायत २ सय २२ जनाको स्वास्थ्य परिक्षण भएको थियो ।

तपाईको प्रतिक्रिया