
बनेपा – रोशी गाउँपालिका वडा नं. ४ समाजवादी पार्टीले वडा कमिटी गठन एवं पार्टी प्रबेस कार्यक्रम गरिएको छ । शुक्रबार एकीकृत समाजवादी कार्यालय बनेपामा रोशी गाउँ पालिला ४ नं. वडा कमिर्टी गठन तथा पार्टी प्रवेश कार्यक्रममा गरिएको समाजवादी पार्टी जिल्ला सचिवालय सदस्य ज्ञनेन्द्र तामाङले बताए ।
कार्यक्रममा २०४९ को स्थानीय निकायको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष जिन्लाप सिं लामा र एमाले वडा नं. ४ को उपाध्यक्ष अजय लामाको नेतृत्वमा ३४ जना एमाले कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरिएको जिल्ला सचिवालय सदस्य तामाङले बताए ।
बनेपामा भएको कार्यक्रममा समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटा, केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, केन्द्रिय सदस्य मुकुन्द गौतम, पार्टी जिल्ला सचिव दीपक गौतम लगायतको उपस्थितिमा पार्टी प्रबेस तथा वडाको कमिटी गठन गरिएको तामाङले जानकारी दिए ।
रोशी ४ को भेलालले अजय लामाको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन भएको तामाङले बताए ।

तपाईको प्रतिक्रिया