आज काभ्रेमा १ सय ८४ जनामा कोभिड १९ पुष्टि

धुलिखेल – काभ्रेमामा आज थप १ सय ८४ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लामा ५ सय ८९ जनाको परिक्षणमा १ सय ८४ जनामा कोभिड १९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रवार जिल्लामा २६ जनाले कोभिड १९ निको भएर घर फर्किनु भएको छ । जिल्लामा सक्रिय सन्क्रमित १२ सय १ पुगेको छ  । सबै भन्दा धेरै सन्क्रमित धुलिखेल नगरपालिकामा ३ सय ९६ जना रहेको छ भने खानिखोला गाउँ पालिकामा सन्क्रमित ० रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया