एमाले काभ्रेको पदाधिकारीमा रोचक प्रतिस्पर्धा

बनेपा÷एमाले काभ्रेको अधिवेशनमा हार्र्र्र्र्नै नहुने नेताबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा अशोक व्याञ्जू सर्वसम्मत भएपनि पदाधिकारी भने एमालेको जिल्ला कमिटीका आवश्यक नेताबीच प्रतिस्पर्धा हुने भएको हो ।
उपाध्यक्षमा युवाबीच निक्कै लोकप्रिय संगठनलाई आवश्यक युवा नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । प्रदेश सभाका सासद पूर्वमन्त्री चन्द्र लामा, युवा नेता कंचन अधिकारी र युवा नेता हरिशरण दाहालबीचको प्रतिस्पर्धा निक्कै रोचक बन्दै गएको छ । यो तीन जनामा कसले बाजी मार्ने भनेर अनुमान गर्न सक्ने अवस्था छैन । तीन जनाले नै आफूलाई गोकुल बाँस्कोटाको उम्मेदबारको रुपमा उभ्याएका छन् । तर बाँस्कोटा केही बोलेका छैनन् ।
सचिव पद पनि त्यस्तै रोचक देखिएको छ । संगठनमा निक्कै खारिएका राजन भुर्तेल, वर्तमान उपसचिव एंव संगठनमा खारिएका इन्द्र तामाङ र जिल्ला कमिटीमा बसेर लामो समय काम गरेका रुद्र तामाङले उम्मेदबारी दिएका छन् ।
भुर्तेल र इन्द्रबीच रोचक प्रतिस्पर्धा देखिएको छ । यसमा कसले बाजी मार्ने भन्ने यकिन गर्न सकिदैन । रुद्रले कती मत काट्लान भन्ने बिषयले पनि अर्थ राखेको छ । तीन जनाले नै आफू गोकुलको उत्तराधिकारीको रुपमा उभ्याउन खोजेपनि बाँस्कोटा मौन छन् ।
उपसचिवमा झनै रोचक अवस्था छ । युवा तथा बौद्धिक नेताको एक समुहले प्रतिस्पर्धामा होमिएको छ । युवा तथा बौद्धिक नेता र एउटा पुस्ताको नेतृत्व गर्ने उदयमान नेताको रुपमा स्थापित समुहले प्रतिस्पर्धामा होमिएको छ । राजकुमार सापकोटा, कुमार तिमल्सिना, महेश्वर जंगम,दिलिप तामाङको उम्मेदबारीलाई झनै रोचक रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया