खेलकुद महासंघ रोशीको अध्यक्षमा दोर्जे लामा चयन

रोशी – माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ रोशीको प्रथम सम्मेलन शनिबार पोटा खोलामा एक कार्यक्रम बिच सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन प्रमुख आतिथिकोरुपमा थियो ।
शनिबार सम्पन्न भेलाले दोर्जे लामाको अध्यक्षतामा रोशी गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा सुनिल लामा, सचिबमा बुध्द लामा, कोषाध्यक्षमा सम्झना लामा चयन भएका छन् । सदस्यहरुमा गंगा बहादुर पुलामी मगर, राजेश तामाङ, नबिन कायस्थ, दयराम श्रेष्ठ, पञ्चलाल तामाङ, सरोज तामाङ, सुकुलाल लामा, भिमराज तामाङ, मनोज लामा, विजय लामा, राजन लामा, रमेश बि.क., भुबन रेग्मी मगर, शंख लामा, अजय लामा, संग्राम लामा रहेका छन् । कार्यक्रममा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य मिम ब वाईवा ज्वाला, दैबलाल घिसिङ अनुशिल, अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य मनबीर लामा, माओवादी केन्द्र रोशी गाउँपालिका उपध्यक्ष तथा अखिल नेपाल खेलकुद महांसघ प्रदेश सदस्य नर बहादुर वाईवा, अखिल नेपाल खेलकुद महासंघ प्रदेश सदस्यहरु कुमार वाईवा, पृतम लामा, हिरा लामा, ग्यम्जो लामा, बिबेक लामा, वडा अध्यक्ष तिर्थ लामा लगायतका उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया