
आउने चुनाव पछि नेकपा एमालेको सरकार बन्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले असार २८ को परमादेशका कारण राज्यका तीनवटै अंग बर्बाद बनेको आरोप लगाए । उनले भने जनादेशमार्फत परमादेशीहरूलाई पराजित गर्दै यो देश सम्हान अर्काे निर्वाचनबाट एमाले सत्तामा फर्कन्छ ।
काभ्रे जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार धुलिखेलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बैंकमा जाँदा पैसा साट्न सक्ने अवस्था नरहेको भन्दै सरकारको असफलता रहेको टिप्पणी गरे । उनले भने, ‘सरकारको असफलता अहिले बैंकमा देखिन थालेको छ, अर्थतन्त्र टाट पल्टिन लाग्यो,न्यायधिशहरु हड्तालमा उत्रिएका छन् योभन्दा लालमर्दाे के हुन्छ ।’
सभामुखप्रति निक्कै आक्रमक देखिएका अध्यक्ष ओलीले काभ्रेका अर्जुन लामा, बलराम सापकोटाको हत्या अभियोग अहिले पनि अदालतमा विचाराधीन रहेको प्रसंग दो¥होयाए ।
सभामुख सापकोटाको उनले निक्कै कडा रुपमा आलोचना गरे । उनले पार्टी फुटाउने षड्यन्त्रमा सहभागी सभामुख सहभागी बनेका बनेको आरोप लगाए । उनले पाँच दल एकातिरद सिंगो एमाले एकातिर भएपनि आगामी निर्वाचनबाट पुनः सत्तामा फर्कने बताए । उनले आफ्नो पार्टीसँग जेष्ठ नागरिको आर्शिवाद र युवाको साथ र सर्मथन रहेकाले विजयी निश्चित भएको भने ।
उनले अहिले सरकार दुई पार्टीको बैसाखीमा टेकेको हिडेर असफल भैसकेको भने ।
उनले पाँच दलीय गठबन्धनलाई अलच्छिनको सज्ञा दिएका छन् । ओलीले भने। ‘एक अलच्छिन पसे त बर्बाद हुन्छ, ५÷५ वटा अलच्छिन एक ठाउँमा भएपछि के हुन्छ ।
सभामा पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रीय सदस्य रेशम लामा, नविना लामा, प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, सदस्यहरू चन्द्र लामा, कुमार खकुरेल, चूडामणि गौतम, कुमार खकुरेल, भीम न्यौपाने, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिवालय सदस्य रिता ढकाल, इन्द्र तामाङ, सचिव नारायण पाण्डे, एमाले प्रवेश गरेका राप्रपा अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, नेकपा क्रान्तिकारीका आषिष राना मगर, माओवादीका यसबहादुर लामा लगायतले मन्तव्य राख्दै एमालेको नेतृत्वमा मात्रै मुलुकको समृद्धि सम्भव भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया