राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा नेकपा एमालेमा प्रवेश गरेको छ त्यसैगरी राप्रपा काभ्रे जिल्ला उपाध्यक्ष, सचिब र जिल्ला सदस्यहरु समेत नेकपा एमाले पार्टीमा प्रवेश गरेको छ । शुक्रबार १० औ जिल्ला अधिबेशनमा राप्रपा अध्यक्ष सहित नव प्रवेशीहरुलाई एमाले केन्द्रिय अध्यक्ष पुर्व प्राधनमन्त्री केपि शर्मा ओलीले स्वागत गरिएको थियो । राप्रपा जिल्ला उपाध्यक्ष एवं रोशी गाउँपालिका वडा नं १ बाट निर्वाचित वडा श्रीदाश लामा, राप्रपा जिल्ला सचिब रोशी गाउँपालिका वडा नं ३ बाट निर्वाचत वडा अध्यक्ष धनजित लामा एमाले प्रवेश गरिएको हो । त्यसै गरी क्रान्तिकारी माओवादी बाट निर्वाचित रोशी गाउँ पालिका वडा नं ४ का वडा अध्यक्ष तेज बहादुर मगर एमाले प्रवेश गरिएको छ । राप्रपा जिल्ला अध्यक्ष सहित अधिकंस जिल्ला सदस्यहरु एमालेमा प्रवेश गरेको छ । सबै एमाले पार्टीमा प्रवेश गरिएकाहरुलाई केपि ओलीले खदा लगाएर स्वागत गरिएको थियो ।
राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामा सहित रोशीको तीन अध्यक्ष एमालेमा प्रवेश
2022-01-07T19:08:56+05:45
तपाईको प्रतिक्रिया