नेकपा एमाले काभ्रेको शक्ति प्रर्दशन, आज धुलिखेल एमालेमय


बनेपा÷नेकपा एमाले काभ्रेले शक्ति प्रदर्शन गरेको छ । विपक्षी दललाई समेत चुनौती दिने हिसाबले गरेको शक्ति प्रर्दशनमा कम्तिमा २० हजारको सहभागिता रहेको अनुमान गरिएको छ ।
एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा एमाले काभ्रेले २० हजार भन्दा बढीको संख्यामा जनतालाई धुलिखेल रंगशालामा उतारेको हो । काभ्रेका १३ वटा स्थानीय तहबाट बस नै ल्याएर सर्वसाधारण धुलिखेलमा आउनु भएको थियो ।
एमाले बिभाजनपछि सहभागीको संख्यामा कमी आउने आशंकाको बीचमा हजारौको उपस्थितीमा शक्ति प्रर्दशन गरेको एमाले काभे्रमा पहिलो शक्तिको रुपमा रहेको पुष्टि गरेको सहभागीले बताएका छन् ।
आम कार्यकर्ता मुल पार्टीमै रहेको सन्देश दिएको अधिवेशनमा विभिन्न पार्टी परित्याग गरेर १२ सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । काभ्रेमा एमाले विगतकै विरासतमा रहेको पुष्टि गरेको कार्यकर्ता बताउँछन् ।

तपाईको प्रतिक्रिया