स्नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका बिद्यार्थीहरु आन्दोलित बनेका छन ।
जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको विषयलाई बिद्यार्थी आन्दोलित बनेका छन । बिद्यार्थीहरु बिहानैदेखी क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन । उनीहरु यातायात समेत चल्न दिएका छैन । बिरोधमा उनीहरु बजार परिक्रमा समेत गरेका छन । सारिएको केन्द्र यथावत नगरिए सम्म आन्दोलन जारीनै राख्ने अनेरास्वयुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले जानकारी दिएका छ्न ।
आन्दोलनमा सबै बिद्यार्थी संगठनको सहभागीता रहेको छ ।
परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पसका बिद्यार्थी आन्दोलित
2022-01-02T10:10:47+05:45
तपाईको प्रतिक्रिया