रोल्पा नगरपालिका-९ ह्वामाको गर्पा कापडाँडा सडकबाट अटो २ सय मिटर तल खस्दा चालकको मृत्यु भएको छ । ह्वामाबाट सदरमुकाम लिबाङ आउँदै गरेको अटो आईतबार दिउँसो १ बजे दुर्घटना हुँदा रुन्टीगढी गाउँपालिका-९ सखीका वर्ष ३४ का खुम रोकाको मृत्यु भएको हो । यात्रुलाई गाउँ छोडेर सदरमुकाम फर्किने क्रममा दुर्घटना भएको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ ह ३०५१ को अटो सडाकबाट करिव दुईसय मिटर तल भीरमा खसेको थियो । चालकको घटनास्थल मै ज्यान गएको हो । दुर्घटनास्थल एकछाङे भीरको साँघुरो सडक खण्डमा पर्दछ । अटोमा यात्रु नरहेको जनाईएको छ । चालकको मृत्यु भएकाले के कसरी दुर्घटना भएको भन्ने खुल्न सकेको छैन ।
घटनाको खबर लगत्तै लिबाङबाट जनपद र सशस्त्र प्रहरी घटनास्थल पुगेका थिए । लिबाङबाट गएका युवा र प्रहरीले अप्ठ्यारो भीरबाट शब निकालेका थिए । शब पोष्टमार्टमका लागि रेउघा अस्पताल लगिएको छ ।
तपाईको प्रतिक्रिया