श्रमिकको सहकारीमा श्रमिककै नेतृत्व

सन्तोष न्यौपाने 

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको श्रमिक उत्थान बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै संचालन भएका केही सिमित सहकारीमध्ये श्रमिक उत्थान बचत तथा ऋण सहकारी रहेको बताउनुभएको छ ।
उहाँले सहकारीका सदस्यसँग आफू सदैव आफूले सिकेको कुरा दिन र उहाँहरुको अनुभव लिन तयार रहेको बताउनुभयो । उहाँले सहकारीको विकाससँगै त्यसको गुणस्तरीयतामा समेत प्रश्न आउन थालेको बताउँदै सहकारीको विकास भएपनि त्यसले भावना अनुसार काम गर्न नसक्दा सहकारी आन्दोलन नै ओझेलमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले अहिले भएको रासायनिक मलको हाहाकार समस्या हरेक बर्ष बढ्ने भएकाले राज्जले जिम्मेबारी प्रदान गरेमा काभ्रेमा समानुपातिक तथा व्यवस्थित रुपमा मल ढुवानी गर्न आफूहरुले गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य केशवराज पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य रुसन श्रेष्ठ लगायतकाले मन्तव्य राखेका थिए ।
अध्यक्षमा राजन चयन
सहकारीको बन्द सत्रले राजन अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । उपाध्यक्ष शुशिला श्रेष्ठ, सचिबमा अम्बिका तिमल्सिना, कोषाध्यक्षमा गणेश कुमार तामाङ चयन भएका छन् ।

तपाईको प्रतिक्रिया