माओवादीलाई साइजमा ल्याएपछि मात्रै कम्युनिष्टको सुदृढिकरण हुन्छ ः बाँस्कोटा

बनेपा÷नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) पत्तासाफ गराएर कम्युनिष्ट पार्टीको सुदृढिकरण गर्ने बताउनुभएको छ ।
अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले माओवादी केन्द्रलाई आगामी निर्वाचनबाट देशव्यापी रुपमा खास साइजमा ल्याउने बताउनुभयो । उहाँले तीनदेखि पाँच सिटमात्रै माओवादीले जित्ने भन्न्ुभयो ।
‘निर्वाचनपछि तीनदेखि पाँच सिटमा सीमित गरेर जनताले खास साइजमा ल्याउँछन्,’ उहाँले भन्नुभयो, ‘त्यसपछि प्रचण्डको पार्टी कोल्याप्स हुन्छ ।’
प्रचण्डको पार्टी कोल्याप्स भएपछि मात्रै कम्युनिष्ट आन्दोलन शुद्धिकरण हुने र विकास निर्माणले गति प्राप्त गर्ने उहाँको तर्क छ ।

तपाईको प्रतिक्रिया