काभ्रे क्षेत्र नं १ मा एमालेको विरासत फर्काउने अभियानमा अमित

नेकपा एमालेका केन्द्रिय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमित लामाले आधारभुत तहको विकासमा जोड दिने प्रतिबद्धता जनाउनुभएको छ । नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र नं. १ समन्वय कमिटी काभ्रेले पनौतीमा आयोजना गरेको निर्वाचन केन्द्रित विस्तारित बैठक तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले जनताकोदैनिकीसँग प्रत्यक्ष जोडिएको सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतको आधारभुत तहको विकासलाई प्राथमिकता दिने बताएका हुन् । लामाले सोच बनाउने, नीति बनाउने र विकास गर्ने पार्टी नै नेकपा एमाले भएको बताउनुभयो ।
यद्यपी यहि पार्टी नै पार्टी काभ्रे क्षेत्र नं. १ मा जितबाट बन्चित भएपछि विकास निर्माणको काम ठप्प भएको उनको दाबी छ । ताला चावी अरुलाई वुझाएर भविष्य राम्रो नहुने भन्दै उम्मेदवार लामाले विकास गर्ने पार्टीलाई जिताउन आग्रह गर्नुभयो । एमालेले विजयी हासिल गरेको काभ्रे–२ र पराजित भएको क्षेत्र नं. १ लाई तुलना गर्दा पनि उक्त कुरा पुष्टि हुने उहाँले बताउनुभयो । एमाले नेता गोकुल बास्कोटाले जित हासिल गरेपछि काभ्रेको विकासले फड्को मारेको उहाँले दाबी गर्नुभयो । ८ वर्षको कार्यकालमा जिल्लाले विकास निर्माणमा कायापलट भएको उहाँको दाबी छ । यसपटक काभ्रे–१ मा विकास गर्नका लागि पार्टीले आफुलाई टिकट दिएको लामाको भनाई छ । जनताले महसुस गर्नेगरी र सिहंहदरको नजर पर्नेगरी काभ्रेमा विकास निर्माणमा लाग्ने उनले प्रतिवद्धता जनाएका छन् । काभ्रेको विकास सुनिश्चित गर्ने उहाँले उद्घोष गर्नुभयो ।

तपाईको प्रतिक्रिया