
लामो समयदेखिको माग थियो,धुलिखेल र भकुण्डेवेशीको बीचमा अत्याधुनिक चार्जिङ स्टेशन र पेट्रोलपम्पको । लामो समयदेखि पेट्रोलियम व्यवसायमा आबद्ध रहनु भएका आत्मराम थापाले समय र स्थानीयको मागलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिका वडा नं. ११ डाँडागाउँ स्थित बिपी राजमार्गमा फास्ट चार्जिङ स्टेशन र पम्प सञ्चालनमा ल्याउनुभयो । बुधबार एक कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका पुर्वमन्त्री चन्द्र लामाले माता कालिदेवी आयल स्टोर्स फास्ट चार्जिङको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा त्यहाँका दर्जनौ स्थानीय सहभागी हुनुभएको थियो । चार्जिङ स्टेशन सञ्चालन पुर्वाधार निर्माण मात्रै नभई दिगो विकासको एउटा खुड्किलो भएको लामाले बताउनुभयो । उहाँले । पेट्रोलियम पदार्थको आयतमा वार्षिक अर्बौं बाहिरिई रहेको अवस्थामा विधुतीय सवारीसाधनको प्रयोग महत्वपूर्ण रहेको र चार्जिङ स्टेशनले त्यसलाई सहयोग गरेको बताउनुभयो । उहाँले विद्यतुको सहज भएसँगै विद्युतीय सवारी साधन प्रयोग गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको बताउनुभयो ।

बिपी राजमार्गमा ओहोरदोहोर गर्ने विद्युतीय सवारीसाधनको सहजताको लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको आत्माराम थापाले दाबी गर्नुभयो । एकपटकमा ८ वटासम्म सवारीसाधन चार्ज गर्न सकिनेछ । २ करोड लगानीमा सुविधा सम्पन्न चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । २१ मिनेटदेखी ३० मिनेटमा फुल चार्ज हुनेगरी उच्च क्षमताको स्टेशन निर्माण गरिएको थापाले बताउनुभयो । चार्जिङ स्टेशनसँगै डिजेल पेट्रोल पम्प यसअघिदेखि नै सञ्चालन भइरहेको थियो । पुर्वी पहाडी तथा तराईका जिल्लामा यहि राजमार्ग भएर सवारी साधन आवतजावत गर्छन् । चार्जिङ स्टेशनसँगै रेस्टुरेन्ट पनि सञ्चालन हुँदैछ । फुर्सदको समयमा रेस्टुरेन्टमा कफी, खाजासँगै हिमाली श्रृङखलाको मज्जा लिन सकिनेछ ।

तपाईको प्रतिक्रिया