सेतीदेवी दुग्ध सहकारीको सफलता आफ्नै दाना उद्योग

रविओपी÷एउटा दुग्ध उत्पादक सहकारीले चाहेमा गाउँको मुहार नै फेर्न सक्छ भन्ने उदाहरण बनेको छ रविओपीमा रहेको सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था । स्थापनाको ३१ बर्षमा उक्त सहकारीले सिङ्गो गाउँलाई नै आत्मनिर्भर बनाएको छ । जसको कारणले त्यहाँका नागरिकले कसैसँग थोरै पैसाका लागि हात फैलाउनु पर्ने आवश्यकता परेको छैन । हरेक घरमा दुधालु गाई र भैसी पाल्ने त्यहाँका पौरखी किसानले सफलताको ठूलो उदाहरण पेस गरेका छन् ।
नेपालमा नै हातमा गन्न सकिने सफल दुग्ध उत्पादक सहकारीको रुपमा स्थापित सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो ऐतिहासिक २४ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सहकारी मार्फत दुधको उत्पादन स्वच्छ गुणस्तर मा हाम्रो पहिचान भन्ने मूल नारा बोक्दै २०५० सालमा स्थापना भई बिगत ३१ बर्ष देखि किसानको गोठदेखि उपभोक्ताको ओठ सम्म पुर्याउन अठोट लिई दुध संकलन गर्दै आएको सहकारीले आफूलाई अब्ब्लभन्दा अब्बल सहकारीको रुपमा स्थापित गरेको छ ।
संस्थाका अध्यक्ष विदुर कोइरालाले रोजगारीका लागी बिदेश नै जानुपर्छ भन्ने सोच बिकास भइरहेको समयमा स्वदेशमै स्वरोजगार बन्नका लागी सहकारीले अहम भुमिका खेलेको देख्न सकिने बताउनुभयो नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण सेतीदेवी दुग्ध उत्पादक सहकारीमा दुध बेच्ने किसान रहेको उहाँले बताउनुभयो ।
पूर्व अध्यक्ष चतुर्भुज तिमल्सिनाले विगतमा संस्थाका वयवस्थापक स्व. राजन कोईराला तथा यसै बर्ष संस्थाका संस्थापक स्व. टिका बल्दभ सापकोटा, सल्लाहकार बिश्वमित्र चौलागाई हरुको मृत्युले संस्थालाइ ठुलो क्षति पुगेको पनि उल्लेख गर्नुभयो ।
देशब्यापी रुपमा सहकारीहरुमा समस्या देखिएता पनि ग्रामिण भेगमा सदस्यको उत्पादनमा आधारित संस्था भएकोले उक्त समस्या यस संस्थामा देखा नपर्नु सफलताको कसी भएको उहाँले स्पष्ट पार्नुभयो । संस्थाको आर्थिक वर्ष २०८०÷०८१ मा १५ करोड ३८ लाख ५८ हजार ६ सय बचत, कुल आम्दानी २५ करोड ६५ लाख ३२ हजार रहेको प्रतिवेदन सार्वजनिक गरिएका छ । संस्थाले एक बर्षमा २५ करोड ३४ लाख २६ हजार खर्च गरेको अध्यक्ष कोईरालाले उल्लेख गर्नुभयो । यसले के देखाउँछ भने सेतीदेवीमा मासिक एक करोडभन्दा धेरैको दुध उत्पादन हुने गरेको छ ।
साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले सामुदायिक तथा निजी बिधालयबाट उच्च अंकका साथ उतिर्ण हुने एक÷एक जना छात्र र छात्रा लाई ६८ बर्ष उमेर पुरा भएका जेष्ठ नागरिक र राजन कोईराला स्मृति पुरस्कार मार्फत १ जना उच्च शिक्षामा उच्चतम अंक प्राप्त गर्न सफल छात्रा लाई समेत सम्मान गरेको थियो । सोही अवसरमा उत्कृष्ट किसानका रुपमा धुलिखेल नगरपालिका २ का वडा अध्यक्ष श्री अर्जुन न्यौपानेलाई बार्षिक ६६ हजार लिटर दुध बिक्री गरी पुरस्कृत गरिएको थियो । संंस्थाले गाई र्फाम सञ्चालन गरी उक्त र्फाम बाट १ कारेड ११ लख २८ हजार आम्दानी गरेको बताईएको थियो । वागमती प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको बिउँ पुजी अनुदान रु २१ ला ९६ हजार ८ सय र संस्थाको रु २२ लाख ४८ हजार गरी जम्मा ४४ लाख ४४ हजार ९ सय बाट नमुना दाना उत्पादन सुरु भएको छ ।
संस्थाले सदस्यहरुलाई सामाजिक सुरक्षा प्रदान गर्ने, आपतकालिन सापटी, विरामी उपचार खर्च, काजकिरिया खर्च, सदस्य दुर्घटना विमा सेवा प्रदान गर्दे आएको कोईरालाले बताए । त्यसै गरी स्वच्छ दुध संकलन तथा विक्रिका लागि बिहान र बेलुका दुध संकलनलाई निरन्तरता दिने, कृषकलाई आवश्यकता अनुसार पशु आहार तथा रसायनिक मल उपलब्ध गराउदै आएको, उत्कृष्ट किसान, विद्यार्थी, जेष्ठ नागरिक सम्मान, सहकारी शिक्षा शिबिर, पशु खोप र कृत्रिम गर्भाधारणलाई निरन्तरता, कृषक तालिम, उन्नत नश्लका गाईहरु उत्पादन गरी गाई तथा बाछीहरु किसानलाई उपलब्ध गराउने संस्थाका प्रबन्धक हरिहर अधिकारीले बताउनुभयो ।
उत्पादक सहकारीका अध्यक्ष बिदुर कोईरालाको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ रहनु भएको थियो । उहाँले सहकारीले थप सफलता हासिल गर्न आवश्यक सुझाव समेत दिनुभएको थियो ।
धुलिखेल नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, धुलिखेल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष नारायण बडाल, जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, दुग्ध बिकास संस्थानबाट प्रसाशन प्रमुख, साना किसान सहकारी संस्थाका अध्यक्ष, देउराली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष, जनउत्थान कृषि सहकारी बाट समेत साधारणसभामा उपस्थित भएका थिए ।
श्री सेतीदेबी दुग्ध उत्पादक सहकारी संस्था आफैँले गाई पालेर उच्च नश्लका गाईका बाच्छी तथा दुध उत्पालन गर्ने समेत गरेको र हाल यस फार्ममा साना ठुला गरि १०० वटा भन्दा बढी गाइ तथा बाच्छी रहेका छन् । यसका लागि सहकारीले एन एस एल आई पी समक्ष एक करोड ९३ लाख ५१ हजार ७१४ रुपैयाँ लागत प्राप्त गरेको थियो । यसै बर्षबाट संस्थाले दाना उद्योग समेत सञ्चालनमा ल्याएको । गुणस्तरीय दाना कृषकहरुलाई उपलब्ध गराई उत्पादन तथा दिगो पशुको स्वास्थलाई टेवा पुर्याउने संस्थाको योजना रहेको छ।
धुलिखेल नगरपालिका–२, रवीगाउँमा आधुनिक गाईगोठ फार्म निर्माण गरि नेपाल लाइभस्टक सेक्टर इनोभेसनको अनुदानमा सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले गाईपालन गरेको हो । सहकारीको उद्देश्य दूध उत्पादन नै हो, सँगसँगै उन्नत जातका गाई उत्पादन गरेर किसानलाई दिने ब्यवस्था मिलाएको छ, सहकारीका एक हजार ६१ सदस्य छन भने १८ जना कर्मचारी पनि छन् ।

तपाईको प्रतिक्रिया