
महादेवस्थान । काभ्रेपलाञ्चोक जिल्लाकै उदाहरणीय बन्दै गएको मण्डनदेउपुर नगरपालिकाको शिक्षा शाखाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यू लिटिल स्टार मावि महादेवस्थान कुन्तावेशीले हात पारेको छ ।
मंसिर २८ गते सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो । प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटा सामुदायिक र ३ वटा संस्थागत गरी जम्मा १६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए ।

मण्डनदेउपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख लोकेन्द्र बिष्टले प्रतियोगितामा ९० पदकका लागि प्रतिस्पर्धा भएको उल्लेख गर्नुभयो । प्रतियोगितामा न्यू लिटिल स्टार ८ स्वर्ण, ३ रजत र ४ कास्य सहित १५ पदकका साथ प्रथम भएको छ । त्यस्तै बागदेवी माध्यमिक विद्यालय ४ स्वर्ण, ७ रजत र ४ कास्य सहित १६ पदकका साथ दोस्रो भएको छ भने ४ स्वर्ण, ४ रजतसहित ८ पदकका साथ महाकाली माध्यमिक विद्यालय वडा नम्बर २ तेस्रो भएको छ । 
प्रतियोगितामा विजयी खेलाडीलाई नगर प्रमुख टोकबहादुर वाईवा, उपप्रमुख विष्णुमणि नेपाल, वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । सामाजिक विकास समिति संयोजक तथा वडा न ८ का अध्यक्ष निरञ्जन बिष्टले प्रतियोगिता सफल रुपमा सम्पन्न भएको बताउनुभयो ।
नगर स्तरिय रास्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको संयोजक समेत रहनु भएको उहाँले अब जिल्ला स्तरीय प्रतियोगिताको तयारी थालिने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया