मझेरीमा लडेको अवस्थामा भेटियो तिनमायाँको शव

मण्डनदेउपुर÷आफ्नै घरभित्रको मझेरीमा लडेको अवस्थामाा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसार मण्डनदेउपुर नगरपालिका वडा नं १ गैरीगाउँ घिसिङटोलको ५२ बर्षिया तिनमायाँ तामाङ आफ्नै घरको मझेरीमा मृत अवस्थामा फेला पर्नुभएको हो ।
सूचना लगत्तै थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपीको कमाण्डमा टोलि पुगेर आवश्यक अनुशन्धान गरिरहेको छ । मृतकको पोष्टमार्टमपछि आफन्तले बुझीलिएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया