काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका बल्थलीका ई.मधु आचार्य नेपाली काङ्ग्रेको केन्द्रीय उपसभापतिमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न हुँदा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी हुनुभएको हो । समावेशीतर्फ विनोदकुमार चौधरी विजयी उपसभापतिमा विजयी हुनुभएको छ ।
महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीतर्फ डा. डिला सङ्ग्रौला -पन्त) निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उपसभापति खुलातर्फको मतगणनामा डा. भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ भने आचार्यले दुई हजार ३४२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपसभापति समावेशीतर्फ चौधरीले एक हजार ७४५ मत प्राप्त गर्नुभएको छ ।
मधु आचार्य केन्द्रीय उपसभापतिमा निर्वाचित
2026-10-12T06:44:25+05:45

तपाईको प्रतिक्रिया