नेपाल कम्युनिस्ट पार्टी (एमाले) बनेपा नगर कमिटीले नेपाली मौलिक चाडपर्वको संरक्षण र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले दसैँ, तिहारलगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा एमालेका सचिव महेश बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य अमित लामालगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
एमाले बनेपा नगर कमिटीका अध्यक्ष नवराज मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली समाजका मौलिक चाडपर्वको सांस्कृतिक महत्व, परम्पराको निरन्तरता र आपसी सद्भावको विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रमले चाडपर्वमार्फत सामाजिक एकता, सांस्कृतिक पहिचान र आपसी भाइचारा अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया