
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याब्सन) काभ्रेपलाञ्चोकको आयोजनामा जिल्लाव्यापी अन्तरविद्यालय छात्र तथा छात्रा फुटसल प्रतियोगितामा सम्पन्न भएको छ ।
प्याब्सन काभ्रेद्वारा आयोजित अन्तरविद्यालय छात्रा फुटसल प्रतियोगितामा ३५ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा काभ्रे माध्यमिक विद्यालय, बनेपा प्रथम, काभ्रे इङ्लिस माध्यमिक विद्यालय, पनौती दोस्रो, नवरत्न बोर्डिङ स्कुल, पनौती तेस्रो तथा अरुणोदय अंग्रेजी स्कूल, पनौती चौथो भएको आयोजक संस्थााका सचिव बिमल न्यौपानेले उल्लेख गर्नुभयो ।
जिल्लाव्यापी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा ४० विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा बेलर इन्टरनेसनल स्कूल, बनेपा प्रथम, काभ्रे इङ्लिस स्कूल, पनौती दोस्रो तथा गोल्डेन सिद्धार्थ स्कूल, धुलिखेल तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
प्रतियोगितामार्फत विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै विद्यालयबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न सहयोग पुगेको न्यौपानेले बताउनुभयो ।
प्याब्सन काभ्रेले विजेता, उपविजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका खेलाडी, प्रशिक्षक र विद्यालय परिवारलाई बधाई ज्ञापन गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, शिक्षक, अभिभावक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।
काभ्रेमा प्याब्सन अन्तरगतका विद्यालय छात्र तथा छात्रा फुटसल प्रतियोगिता
2026-07-29T06:39:07+05:45

तपाईको प्रतिक्रिया