
नेपाल कम्युनिस्ट पार्टी -एमाले) को सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणासम्बन्धी दुई दिने कार्यशाला बुधबारबाट सुरू भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यशालाको उद्घाटन गर्नुभयो । अध्यक्ष ओली लामो समयपछि बुधबार पार्टीको औपचारिक कार्यक्रममा सहभागी हुनुभएको हो ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि ओली पार्टी कार्यक्रममा सहभागी हुनुभएको थिएन । बालेज्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेपछि जेनजी आन्दोलन घटनासम्बन्धमा पूर्वप्रधानमन्त्री ओलीलाई नियन्त्रणमा लिइएको थियो । अदालतको आदेशपछि उहाँ रिहा हुनुभएको थियो भने त्यसपछि ओलीको स्वास्थ्य उपचार पनि गरिएको थियो । स्वास्थ्यलाभ गरिरहनु भएको ओली बुधबारदेखि पार्टी कार्यक्रममा सहभागी हुनुभएको हो ।
अध्यक्ष ओलीले पार्टी सदस्यता नविकरण तथा विस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भेलामा सहभागीहरुलाई पार्टी भित्र भएका कतिपय अन्यौलता र भ्रमहरु चिर्ने र नयाँ विश्वास र नयाँ जोश र नयाँ जागरका साथ कार्यक्षेत्रमा पठाउने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टी भित्र शिर काटेर टेबुलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको उल्लेख गर्नुभयो ।
…शिर काटेर टेवलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैनÚ अध्यक्ष ओलीले भन्नुभयो ।
…विरोधीबाट हमला भइरहेको बेला पार्टीका केही साथी र कतिपय मिडियाले समेत पार्टी कै विरोध गरेÚ, उहाँले भन्नुभयो, …पार्टीमा कोही एता फर्केर बोल्ने, कोही उत्ता फर्केर बोल्ने । पार्टी विरुद्ध भ्रम फिँजाउने । समीक्षा गर्नुपर्छ भन्ने तर समीक्षा नै नभई कोही हस्ताक्षर गर्न कुद्ने, कोही अनेक भ्रम फैलाउदै कुद्ने। यस्तो प्रवृतिले पार्टी एकताबद्ध हुन सक्दैन।Ú
अध्यक्ष ओलीले पार्टी भित्र अहिले व्यापक एकता चाहिएको बताउनुभएको छ। एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउँदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दे उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गतवर्षको निर्वाचनमा धक्कालाई क्षतिपूर्ती हुने गरी जनतासँग सम्बन्ध बिस्तार गर्ने उल्लेख गर्नुभयो ।
उहाँले पार्टीका हरेक गतिविधि अब जनतातिर फर्किने बताउनुभयो । …गतवर्षको जेन जी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का ब्योहोरेका छौंÚ पौडेलले भन्नुभयो …यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किएका हुनेछन् र राष्ट्रिय हिततिर फर्किएका हुनेछन् ।Ú उपाध्यक्ष पौडेलले जनतासँग टुटेको सम्बन्धलाई पुन जोड्नु पार्टीको मुख्य कार्यभार रहेको बताउनुभयो ।
भेलामा पार्टीका जिल्ला अध्यक्ष र सचिव,प्रदेशका पदाधिकारी तथा इन्चार्जहरु,पार्टीको संगठन विभाग र सबै जनसंगठनका अध्यक्षहरु सहभागी छन् । पार्टीको संगठन विभागले आयोजना गरेको कार्यशाला बुधबार र बिहीबारसम्म संचालन हुनेछ ।
एमालेको कार्यशाला सुरु
2026-06-03T18:17:39+05:45

तपाईको प्रतिक्रिया