काठमाडौं । भेपमार्फत सुन तस्करी प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको इजलासले महराबाट एक लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
अदालतको आदेशमा महराले अनुसन्धान अधिकृत तथा अदालतसमक्ष गरेको बयान, भेपमा सुन राखी आयात गरिएको भन्ने उजुरी, महरा, दाओजिन वाङ र अरूण पोखरेलबीच भएको फोन संवादलगायतका आधार प्रमाणलाई विचार गरी धरौटीमा छाड्न उपयुक्त देखिएको उल्लेख गरिएको छ।
आदेशअनुसार महराले तोकिएको धरौटी रकम वा बैंक जमानत उपलब्ध गराएपछि रिहा हुनेछन्। धरौटी दिन नसकेको अवस्थामा भने उनलाई कारागार चलान गरिनेछ।
यसअघि Commission for the Investigation of Abuse of Authority अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेपमार्फत सुन तस्करी प्रकरणमा महरासहितका प्रतिवादीविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ हजार रुपैयाँ बिगो तथा सजाय मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उक्त प्रकरणलाई पछिल्लो समय चर्चित सुन तस्करी घटनामध्ये एक मानिएको छ भने अदालतमा यसको सुनुवाइ जारी छ।

तपाईको प्रतिक्रिया