
बालोद्धार माध्यामिक विद्यालय, पनौतीको प्रधानाध्यपक मायादेवी श्रेष्ठ र फूल्चोकी आधारभुत विद्यालयको प्रधानाध्यपक बिमला नेपालको मुहारमा अर्कै खुसी देखिन्थ्यो । लामो समयदेखि शिक्षण पेसामा आबद्ध र विद्यालयको नेतृत्व सम्हाल्ने उहाँहरुलाई विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा सम्मान गरिदै थियो ।
सम्मान कार्यक्रममा पनौतीका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यपकहरु, पनौतीमा शिक्षामा नेतृत्व गर्नुभएका अगुवाहरु र नीजि विद्यालयका प्रिन्सिपल तथा संचालकहरुको उपस्थिती थियो । यो उत्कृष्ट मंञ्चको व्यवस्थापन र पुरस्कारको तारतम्य भने सिद्धार्थ बनस्थली ईन्ष्टिच्युट पनौती–८ मल्पीले गरेको थियो ।
सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौतीले विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको स्मृति दिवसमा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्ने सामुदायिक विद्यालयका प्रअदेखि आफ्नो विद्यालयमा अध्ययन गरेर उच्च ओहोदामा पुगेका पुर्व विद्यार्थीहरु थिए ।

कार्यक्रमका विशिष्ट अतिथी पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता दंगालले सहितका विशिष्ट अतिथीहरुले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुभएको १३ जनालाई सम्मान गर्नु भएको हो ।

सम्मानित हुनेहरुमा जनमत मासिकका सम्पादक मोहन दुवाललाई नगद २५ हजार सहितको लक्ष्मण राजवंशी स्मृति सम्मानले सम्मान गरिएको थियो ।
सम्मानपछि बोल्दै दुवालले लक्ष्मण राजवंशी जस्तो उच्च ओहोदाको व्यक्तित्वबाट सम्मान पाउनु गर्वको बिषय भएको बताउनुभयो ।
सम्मान हुने अन्य व्यक्तित्वहरुमा पूर्व शिक्षा सचिव चन्द्रबहादुर खड्का, मल्पी इन्टरनेशनल स्कुलका संस्थापक अध्यक्ष दीपकमान शेरचन, शिक्षासेवीजगन्नाथ अवा, पनौती ८ का वडाध्यक्ष बेदप्रसाद बञ्जारा, बालोद्वारा माविका कार्यबाहक प्रधानाध्यापक मायादेवी श्रेष्ठ, फूलचोकी आ.वि का प्र.अ विमला नेपाल हुनुहुन्छ । यस्तै विद्यालयका पूर्व विद्यार्थी एवं भूमि व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार सापकोटा, डा. अनन्त सुवेदी, डा. मणिन्द्र मानन्धर, डा. राजेन्द्र ताम्राकार, डा. श्रीकृष्ण श्रेष्ठ र डा. समिर कर्माचार्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पनौती नगरप्रमुख भण्डारीले पनौतीमा वैशाख ३ गतेदेखि नै भर्ना अभियान शुरु गरिएको जानकारी दिनुभयो । उहाँले लक्ष्मण राजवंशीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै सम्मानित सबैलाई वधाइ दिनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता दंगाल, साहित्यकार मोहन दुवाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै विद्यालयकी प्राचार्य रेश्मा थापाले उपस्थितलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्याब्सनका उपमहासचिव भिमसेन केसीले सम्मानपत्र वितरण गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका सहायक प्रअ प्रविण दाहालले संचालन गर्नुभएको थियो । यस विद्यालयले ३८ वर्षदेखि समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो ।

इन्स्टिच्यूटको गुठीयार समितिले शैक्षिक विकासमा उल्लेख्य योगदान गर्ने शिक्षासेवी एवं सामाजिक अभियान्तालाई हरेक वर्ष नगदसहित लक्ष्मण राजवंशी स्मृति शिक्षा पुरस्कारबाट सम्मान गर्ने गरेको छ । संस्थापक राजवंशीको २०७८ साल वैशाख ११ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया