राष्ट्रपतिद्वारा सङ्घीय संसद्‍को अधिवेशन स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्‍को दुवै सदनको अधिवेशन स्थगित गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले विशेष कारण उल्लेख गर्दै अधिवेशन स्थगित गर्नुभएको हो ।

यसअघि मन्त्रिपरिषद बैठकको वैशाख ८ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया