बल्र्ड फ्लुको जोखिम हुन नदिन काभ्रेपलाञ्चोकमा उच्च सतर्कता

बनेपा/ बल्र्ड फ्लुको उच्च जोखिम रहेको काभ्रेपलाञ्चोक जिल्लामा सरकारी निकाय, व्यवसायी र किसानले उच्च सर्तकता अपनाएर संक्रमण हुन नदिने प्रयासमा जुटेका छन् ।
पशु सेवा कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले विभिन्न चरणमा सचेतामूलक कार्यहरु गर्दै आएको छ । सोही क्रममा आईतबार बनेपा बजारमा खुल्ला कुखुराको चल्ला बेचेको सूचनाको आधारमा बजार अनुगमन गरेको छ ।
नेपालका धेरै स्थानमा बल्ड फ्लुको संक्रमण फैलिएपछि उच्च सर्तकता र निगरानी बढाएको हो । राजमार्गको छेउछाउ बल्ड फ्लुको संक्रमणको जोखिम अत्याधिक हुने भएकाले पूर्व तयारी अनुगमनमा पशु सेवा कार्यालय जुटेको हो ।

नेपाल प्रहरीसँगको समन्वयमा कुखुरा भित्रने नाकामा कडाई गर्र्दै आएको पशु सेवा कार्यालयले आईतबार कुखुरा तथा मासुजन्य पदार्थको बेचबिखन हुने मासु पसल, दाना र सिधै खुल्ला कुखुराको बेचबिखन गर्ने पसलको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा शंका लागेको कुखुराको चल्लालाई बल्ड फ्लु भए नभएको चेकजाँच गरेको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. बज्रकिशोर ठाकुरले बताउनुभयो । चेकजाँचका क्रममा कुखुरामा बल्ड फ्लु फेला नपरेको र पसललाई एक हजार रुपियाँको जरिवाना गरेको बताउनुभयो । …दुई चार वटा कुखुरा बेच्ने लोभमा अर्बाै रुपियाँको जोखिम पार्ने काम नहोस् भनेर, नियमित अनुगमन गरिरहेका छौÚ ठाकुरले भन्न्ुभयो ।


बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाइने प्रयास सूरु भएको छ । सबारे सरोकारवालाले छलफल गरी परीक्षण तथा निगरानी बढाउन प्रशासनलाई सुझाव दिँदै दुई जिल्लामा बर्डफ्लु भित्रने सम्भावना न्यून रहने सो क्षेत्रका जानकारहरुले उल्लेख गरेका छन् ।
आईतबार भएको अनुगमनमा भेटेरिनरी पसलमा म्याद गुज्रिएका औषधि फेला परेपछि औषधि जफत गरिएको डा. ठाकुरले बताउनुभयो । उहाँले केही पसलमा म्याद गुज्रिएको औषधि फेला परेपछि प्रहरीको रोहवरमा खाल्डो खनेर पुरेको बताउनुभयो ।
त्यस्तै सोही टोलिले मासु पसलको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा मासु पसलमा मासुको मूल्यसूची राख्न, सफाईमा ध्यान दिन पशु सेवा कार्यालयले निर्देशन दिएको छ ।
यसअघि जिल्ला पशुसेवा कार्यालय धुलिखेलले काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु सङ्क्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको थियो । देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको हो ।
यस्तै, कार्यालयले दुई जिल्लास्थित सीमानाकामा निगरानी कडा बनाउने र कुखुरा तथा अन्य पन्छी पालिने फार्महरूको नियमित निरीक्षण गर्ने निर्णय गरिएको छ । विशेषगरी तराई क्षेत्रबाट काभ्रेपलाञ्चोक प्रवेश गर्ने मुख्य नाका मंगलटारमा कडाइका साथ जाँच गरिनेछ । साथै, राजधानीको पूर्वीनाका साँगा तथा नालालगायत काठमाडौं उपत्यकाबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जाने नाकाहरूमा पनि निगरानी बढाइनेछ । यससँगै बर्डफ्लु रोगको जोखिम र त्यसका असरबारे चेतनामूलक एवं प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मंगलटार नाकामा प्राविधिक जनशक्ति थपेर परीक्षणलाई कडाइका साथ लागू गरिने बताउनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रबाट आउने कुखुराको नमूना तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । पशु कार्यालय प्रमुख बज्रकिशोर ठाकुरले बर्डफ्लु रोग प्रवेश हुन नदिन कार्यालयले अन्य निकायसँग पनि समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया