
काभ्रेपलाञ्चोक जिल्लाका सहकारीहरुको साझा र नेतृत्वदायी संस्था जिल्ला सहकारी संघले विभिन्न समयमा रचनात्मक कार्यहरु गर्दै आएको छ । सोही सन्र्दभमा साताव्यापी विभिन्न कार्यहरु गर्दै आएको जिल्ला सहकारी संघ काभ्रेले बुधबार बनेपाको एबिएम स्कुलको फुटसल मैदानमा अन्तरसहकारी खुल्ला फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
जिल्लाका बनेपा, धुलिखेल, पनौती र पाँचखालका सहकारीको सहभागिता भएको प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्ष मोतिराम तिमिल्सना, नेपाल पत्रकार महासंघ काभ्रेका सचिव नगेन्द्र अधिकारी, कोषाध्यक्ष केशवराज पौडेल लगायतको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोट श्रेष्ठले सहकारीबीच एकता भातृत्वका लागि सामुहिक कार्यहरु गर्ने क्रममा खुल्ला फुटसल प्रतियोगिताको आयोजना गरेको उल्लेख गर्नुभयो । उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघका निर्वतमान अध्यक्ष दिलिप शर्मा, नेपाल रेडक्रस सोसाईटी काभ्रेका मन्त्री राजु सिग्देलको सहभागिता थियो । कार्यक्रमको सहजीकरण जिल्ला सहकारी संघका सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो ।
मैत्रीपुर्ण खेलमा जिल्ला संघ विजयी
फुटसल प्रतियोगिताको उद्घाटन खेल जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघबीच भएको थियो । सो खेलमा जिल्ला सहकारी संघ काभ्रे २–१ ले विजयी भएको जिल्ला सहकारी संघ काभ्रेको कामु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले उल्लेख गर्नुभयो ।
स्वेच्छा विजेता बन्दा ईन्द्रेश्वर दोश्रो
१३ सहकारी संस्थाबीच भएको प्रतिपस्र्धामा पाँचखालको स्वेच्छा साकोस पाँचखालले १–० ले ईन्देश्वरलाई स्तब्ध पार्दै उपाधिमाथि कब्जा जमाएको छ । स्वेच्छाले १५ हजार हात पार्दा ईन्द्रेश्वरले १० हजारमा चित्त ब्ुझायो । प्रतियोगितामा विनायक श्रमिक सिपमुलक सहकारी पनौतीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै एक्सप्रेस साकोस तेश्रोभयो । एक्सप्रेसले नगद पाँच हजार आफ्नो हातमा पार्याे । शुक्रबार राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कार वितरण हुने अध्यक्ष अमन पोटे श्रेष्ठले बताउनुभयो ।
अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि स्वेच्छालाई
2026-04-01T21:18:00+05:45

तपाईको प्रतिक्रिया