धार्मिक गतिविधिमा सकृय पनौती स्कोन


रामनवमीको अवसर पारेर नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ -ईस्कोन) पनौतीले कृतन, कथावाचन, नाटक तथा धार्मिक अनुष्ठानको आयोजना गरेको छ ।


ईस्कोन पनौतीका अध्यक्ष प्रम्धुनकृष्ण दासका अनुसार सो अवसरमा नेपालको शान्तिका लागि भगवान प्रार्थना, भागवत गिता तुलादान, रामभजन, नृत्य, नाटकको आयोजना गरिएको हो । स्कोन काठमाडौं, बनेपा, युक्रेन लगायतबाट प्रभुजीहरुको उपस्थितीमा राम भजन तथा नाटक, नृत्य प्रस्तुत भएको हो । पनौती ईस्कोनमा हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म मंगल आरती हरेक एकादशीको दिनमा अभिषेक सत्ससंघ, शनिबारको दिनमा सत्तसंघको आयोजना हुने गरेको छ ।
घरघरमा पुगेर हरिनाम भजन गर्नेदेखि भागवत प्रवचन दिने गरेको छ । रामनवमीको दिनमा स्कोन पनौतीमा हजारौको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया