
फरकशैली र सोचले संचालित सेन्टलम एलबम एकेडेमी श्रीखण्डपुरका कक्षा युकेजीका ४५ जना विद्यार्थीलाई दिक्षित गरिएको छ ।
विद्यालयको सभाहलमा अभिभावकको बीचमा आयोजित दिक्षान्त समारोहमा कक्षा नर्सरी,एलकेजी र युकेजीका विद्यार्थीहरुले नृत्य मार्फत अभिभावकलाई स्वागत गरेका थिए ।
विद्यालय संचालन समितिका सचिव ईश्वर महाजुको प्रमुख आतिथ्यतामा भएको दिक्षान्त समारोहमा विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवाली, संचालक पद्मसुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केशवराज पौडेल, विद्यालयका शिक्षकशिक्षिकाको उपस्थिती रहेको थियो ।
अभिभावक पनि आफ््ना बालबालिकाको प्रस्तुती देखेर निक्कै हर्षित हुनुभएको थियो । उहाँहरुले आफ्ना बालबालिकालाई राम्रो विद्यालयमा भर्ना गराउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँहरुले भर्नाको समय भएको र नयाँ भर्ना गर्न चाहने विद्यार्थीहरुका अभिभावकले विद्यालयमा आएर भ्रमण गर्न अनुरोध समेत गर्नुभयो । काभ्रेपलाञ्चोक जिल्लाकै न्यूनतम शूल्कमा कक्षा नर्सरीदेखि १२ सम्म अध्यापन हुने सेन्टलम स्कुल नमुनाको रुपमा विकास भएको अभिभावकहरुले बताउनुभएको छ । आईतबार भएको कार्यक्रममा अभिभावकहरु आफै पनि नाँचेर र गाएर विद्यार्थीको हौसला बढाउन केन्द्रीत हुनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक अग्नीप्रसाद ज्ञवालीले विद्यार्थीहरुलाई सम्मानसँगै दीक्षित गर्ने संस्कृतिको विकासले उनीहरुमा आत्मबल बढ्ने र यसले पढाईमा पनि सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
२०६२ सालमा स्थापित यस स्कूलले दुई वर्षदेखि प्लस टुमा म्यानेजमेन्टसहितको अध्यापन गराइरहेको प्रिन्सिपल ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयमा हाल ५३७ जना विद्यार्थी अध्ययनरत छन् । बढ्दो प्रतिस्पर्धाका बीच पनि विद्यालयले विभिन्न नयाँनयाँ कार्यक्रमहरु अघि सारेर अध्यापन गराउँदै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उहाँको भनाइ थियो । यसवर्ष विद्यालयबाट १७ विद्यार्थी एसईईमा सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
आइतबारको कार्यक्रम विद्यालयकी शिक्षिका श्रृजना बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई शिक्षिका सरला नेपालले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने कार्यक्रम शिक्षिका सोविता हुमागाईंले संचालन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतीहरुले अतिथिहरुको स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया