
पनौती/ काभ्रेपलाञ्चोक जिल्लाको उत्कृष्ट सहकारीमध्येको एक ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निरन्तर अघि बढिरहेको छ । सहकारीलेको २७ औ स्थापना दिवसको अवसर पारेर मंगलबार संस्थामा आवद्ध सात सय भन्दा धेरै सदस्यहरुलाई सम्मान गरेको हो ।
सहकारीले हरेक बर्ष जेष्ठ नागरिकलाई नगर सहित भत्ताको रुपमा सम्मान गर्ने कार्यलाई निरन्तरता दिएको छ । सहकारीले ७५ वर्ष नाघेका २ सय ७५ जना, ७० देखि ७५ वर्ष उमेर समुहका ३ सय जना र अपाङ्गता भएर रातो कार्ड पाउने ३९ जना जेष्ठ नागरिकहरु गरी ६ सय १७ जनालाई विभिन्न सेवा केन्द्रमा पुगेर सम्मान गरेको संस्थाले जनाएको छ ।
ज्योती सेवा केन्द्रमा २०८, बनेपा सेवा केन्द्रमा ६५, मिर्मिरे सेवा केन्द्रमा ५६, सामुहिक सेवा केन्द्र ५६, कुशादेवी सेवा केन्द्र ५९, बेथानचोक सेवा केन्द्र ७२, जन्मज्योति सेवा केन्द्र ७९, रोशी सेवा केन्द्र २२ जना जेष्ठ नागरिक सम्मानित गरिएको संस्थाले उल्लेख गरेको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट सेवा केन्द्रका रुपमा बेथानचोक सम्मानित भएको हो ।
उत्कृष्ट कर्मचारी सुदिप तिमल्सिना बन्न सफल हुनुभयो । विशिष्ट सदस्यको पदक सप्तकाजी बुद्धाचार्यलाई प्रदान गरिएको हो । उत्कृष्ट ऐच्छिक बचतकर्ता इश्वर बञ्जारा, नियमित बचतकर्ता राममाया प्रधानाङ्ग, नियमित बचतकर्ता लिला थापा, कल्पना बञ्जारा, मञ्जु अधिकारी, रुकुमाया तामाङ, यादवप्रसाद काफले, सन्तोष घिमिरे, कुन्छाङ तामाङ, ज्योति पुतुवारलाई सम्मान गरिएको हो । उत्कृष्ट ऋण कारोबार गर्ने रविन विश्वकर्मा, सजना हुमागाई, रुपा श्रेष्ठ, शारदा पराजुली, मुना खड्का, उद्धवप्रसाद दाहाल, चिनिमाया तामाङ सम्मानित हुनुभयो ।
उत्कृष्ट बालबचतकर्ताहरु निर्जल तामाङ, शिक्षान्त सापकोटा, रस्मिका तामाङ, प्रविन पाख्रिन, संर्घष कुईकेल र रेजिश न्यौपाने सम्मानित हुनुभएको हो । एसईई उत्कृष्ट सम्मान अनुराग सापकोटा, रोजिया सापकोटा र करण घ्यावालाई सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष उद्धव सापकोटाले सहकारी मार्फत उपलब्ध सेवाले सदस्यहरुको आर्थिक उन्नती, व्यवसायिक योजना निर्माण र व्यवसायी बनाउन सहयोग पुगेको दाबी गर्नुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले हासिल गरेको समग्र उपलब्धिको बारेमा उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, कोषाध्यक्ष केशवराज पौडेल, वडा अध्यक्ष दिपकप्रसाद दाहाल, पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला सहकारी संघका सचिव प्रकाश बञ्जारा, विशिष्ट सदस्य सप्तकाजी बुद्धाचार्य, जिल्ला बचत संघका सचिव राजन अधिकारी, बुडोल सामुदायिक साकोसका सचिव जयराम थापा, सामुदायिक साकोसका कोषाध्यक्ष कृष्ण थापा, विन्धबासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठ, सल्लाहकारहरु रमेश पौडेल, तुयुकाजी ताम्राकार, मेनेजर्स क्लबका सचिव सुबास बैद्य, कार्यसमिति सदस्य अरुण थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कान्छीमाया थापाले स्वागत राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया