धुलिखेल वडा न ३ मा ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरण

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाडौले विश्वव्यापी आशा समर्थक सन् २०२६ विश्व सामाजिक न्याय दिवसको उपलक्ष्यमा छिमेकीसँग प्रेम बाड्ने गरिबी तथा भोकमारीको अन्त्य ‘Hold Hope’ अभियान हामी आमाको मनद्धारा आशा बाँड्छौं भन्ने मूल नारा सहित धुलिखेल नगरपालिका वडा नं. ३ को सहकार्य र परमेश्वको मण्डलीको सहयोगमा धुलिखेल क्षेत्रका जोखिम वर्ग ३० घरधुरीलाई खाद्य सामग्री सहयोग कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक रूपमा कमजोर र जोखिम वर्गको हेरचाह गर्दै ऐक्यबद्धताको मूल्यलाई पुनः स्मरण गराउने ‘विश्व सामाजिक न्याय दिवस’ को उपलक्ष्यमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वभरि ‘Hold Hope!’ अभियान सञ्चालन गरिरहेको छ ।  यो अभियान जलवायु सङ्कट, आर्थिक कठिनाइ र रोग जस्ता कठिनाइहरूको सामना गरिरहेका विश्वभरिका सीमान्तकृत छिमेकीहरू र साना खाद्य उत्पादकहरूलाई व्यावहारिक सहयोग पुऱ्याउनको निम्ति गरिएको हो ।

परमेश्वरको मण्डलीका एक अधिकारीले ‘आशा राख्नुहोस् !’ भन्ने अर्थ बोकेको यस अभियानको नामजस्तै कठिन परिस्थितिमा पनि आशा नगुमाउने गरी एक-अर्कालाई साथ दिने अभियानको उद्देश्य रहेको छ । हाम्रो यो साझेदारीले छिमेकीहरूका लागि हौसलाको स्रोतको रूपमा कार्य गर्नेछ भनी आशा गर्दछौं” भन्नुभयो ।

बिहान १२ बजेतिर, परमेश्वरको मण्डलीका सदस्यहरूले धुलिखेल वडा नं. ३ कार्यालयको भ्रमण गरी ७५० किलो चामल हस्तान्तरण गरिएको हो । यी सामग्रीहरू त्यस क्षेत्रका जोखिम वर्ग ३० घरधुरीलाई वितरण गरिएको हो ।

कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गणेश आचार्यले परमेश्वरको मण्डलीले राहत वितरण गर्दै सामाजिक कार्य गर्दै आउनुभएकोमा धन्यवाद दिदै वडाभित्र भएका ३० घर परिवारमा आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई राहत वितरण गर्नुभएको छ, यो प्रशम्सनिय कार्य भएको बताउनुभयो । पर्मेश्रर मन्डलिको सहयोगमा कुत्ताल निवाशि जीवन लोप्चन तामाङ् र माया तामाङको पहलमा ३ न. वडा कार्यालयको सहकार्यमा अति विपन्न ३० घरपरिवारलाई सामाजिक न्यायको अबसरमा खाद्यान्न चामल वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया