
बनेपा/निजी तथा आवाशिय विद्यालय अग्रनाईजेशन नेपाल -प्याब्सन) काभ्रेले जिल्ला भेलाको आयोजना गरेको छ । प्याब्सन काभ्रेमा आबद्ध विद्यालयका प्रिन्सिपलको सहभागितामा भएको जिल्ला भेलाको प्रमुख अतिथी प्याब्सनका उपमहासचिव भिमसेन केसी र विशेष अतिथी सचिवालय सदस्य हिरा शर्मा हुनुहुन्थ्यो । जिल्ला अध्यक्ष श्यामबहादुर भुजेलको सभापतित्वमा भएको कार्यक्रम सचिव बिमल न्यौपानेले गर्नुभयो ।
भेलाले आगामी शैक्षिक सत्र २०८३ को लागि शैक्षिक क्यालेण्डर बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले पेस गर्नुभयो । सो विद्यालयमा छलफल भएपछि क्यालेण्डर पास भएको छ । भेलामा उपाध्यक्ष बसन्त नेपालले आचारसहिंताको प्रस्ताव पेस गर्नुभयो । सो प्रस्ताव विशेष छलफलपछि सर्वसम्मत पास भएको छ ।

अतिरिक्त कृयाकलाप प्रमुख चन्द्रप्रसाद ताजपुरीयाले अतिरिक्त कृयाकलापको विशेष प्रस्ताव पारित भएको छ । त्यस्तै जिल्ला अध्यक्ष श्यामबहादुर भुजेलले भावी कार्यदिशा र कार्यको बारेमा विशेष योजनालाई भेलाले पास गरेको छ । भेलामा प्रमुख अतिथी केसी र विशेष अतिथी नेपालले मन्तव्य राख्नु भएको थियो । दुबै जना काभ्रेबाट प्रतिनिधित्व गर्दै केन्द्रमा पुगेको नेतृत्व हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया