रगत अभाव भएपछि पनौती–५ ले गर्याे खुल्ला रक्तदान


रगतको चरम अभाव देखिएपछि पनौती नगरपालिका वडा नं ५ ले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिहीबार भएको रक्तदानमा ४१ जनाले रक्तदान गर्नुभएको थियो । स्थानीयबासी, युवाहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधीले रक्तदान गर्नुभएको वडा अध्यक्ष विनोद खत्रीले जानकारी दिनुभयो ।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रम …रक्तदान–जीवनदानÚ भन्ने सन्देशसहित सञ्चालन गरिएको हो । बढ्दो रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले स्वेच्छाले रक्तदान गर्दै मानवीय सेवामा योगदान दिएकोमा खत्रीले धन्यवाद दिनुभयो । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखको प्राविधिक टोलीले सुरक्षित र व्यवस्थित रूपमा रक्त संकलन गर्नुभएको हो ।
रगतको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया