
ग्रेसल्याण्ड माध्यामिक विद्यालयको अभिभावक दिवसमा विद्यार्थीले फुड स्टल संचालन गरेका थिए । केही विद्यार्थी मम बनाउज व्यस्त थिए भने केही पानीपुरी र चटपट बनाउँदै थिए । केही लाईभ आर्ट बनाउन मस्त देखिन्थे । अभिभावक दिवस भएपनि त्यहाँ सप्तरङ्गी ईन्द्रेणी जस्तै देखिन्थ्यो । हरेक कक्षाका विद्यार्थीका लागि विशेष प्रोत्साहन दिएर प्रस्तुती दिने काम भैरहेको थियो ।
आकर्षक किसिमले विद्यार्थीले कार्यक्रम पनि संचालन गरेका थिए । बनेपा नगरपालिका वडा नं १४ साँगामा रहेको ग्रेसल्याण्ड माध्यामिक विद्यालयले यो बर्षको एसईई परीषामा द्ुई जना विद्यार्थीले चार जिपिए ल्याएर प्रथम भएको र निरन्तर रुपमा प्रगति गरिरहेको विद्यालय हो ।
विद्यालयको २६ औं बार्षिकोत्सवमा अभिभावक तथा विद्यार्थीको बाक्लो उपस्थिती रहेको थियो । प्रमुख अतिथी प्याब्सनका केन्द्रीय उपमहासचिव भिमसेन केसीले जिल्लाको उत्कृष्ट शैक्षिक संस्थाको परिचय ग्रेसल्याण्डले बनाएको बताउनुभयो । अभिभावक दिवसमा प्याब्सनका केन्द्र, प्रदेश, जिल्लाका पदाधिकारी, संचारकर्मी, संचालक, समाजसेवीको उपस्थिती रहेको थियो ।
विद्यालयका प्रिन्सिपल सुजेन्द्र श्रैष्ठले विद्यालयले हालसम्म हासिल गरेको उपलब्धिको बारेमा अभिभावकलाई जानकारी गराउनुभयो । विद्यालयले सोही अवसरमा स्काउट, फुटसलको कार्यक्रम पनि गरेको थियो । अभिभावकहरु राम्रो र उत्कृष्ट विद्यालय रोज्न पाएकोमा औधि खुसी देखिन्थे ।
ग्रेसल्याण्डमा फुटस्टल, विज्ञान प्रर्दशनी र साँस्कृतिक कार्यक्रम
2026-02-28T20:16:09+05:45

तपाईको प्रतिक्रिया