ज्योति एकेडेमीको इसइइ बिदाइ

बनेपा, फागुन १४ गते । ज्योति एकेडेमी इङ्गलिस स्कुलले एसईई–२०८१ उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बिदाई गरेको छ । बनेपा नगरपालिका–८ मा अवस्थित विद्यालयले शुक्रबार सुकुटे बीच रिसोर्टमा आयोजित कार्यक्रममा २७ जना विद्यार्थीलाई सम्मानसहित बिदाई गरेको हो ।

विद्यालयका प्रिन्सिपल तथा सञ्चालक महेन्द्र विष्टका अनुसार गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीको उत्साहवर्धन र आगामी शैक्षिक यात्राका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षासँगै अनुशासन, नैतिक शिक्षा र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

जिल्लामै अब्बल नतिजा
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले स्कुलले नतिजा ल्याएको भन्दै बधाई व्यक्त गर्नुभयो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिरत्न मानन्धरको अध्यक्षतामा सम्पन्न भएको थियो

तपाईको प्रतिक्रिया