एबिएमलाई स्तब्ध पार्दै नाइटिङ्गेलले जित्यो उपाधी


बनेपा÷अन्तिम समयमा सम्हालिन नसक्दा आर्दश विद्या मन्दिर बनेपा मीमा प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिताको उपविजेतामा सिमित बनेको छ । एबिएमका खेलाडीले वान भर्सेस वानको अवस्थामा किपरलाई विट गर्न नसक्दा सोही वल फर्किएपछि नाइटिङ्गेलका खेलाडीले गोल गर्दै उपाधिमाथि कब्जा जमाएका हुन् । शुक्रबार भएको प्रतिस्पर्धात्मक खेल गोल रहित अघि बढेको थियो । खेलको अन्तिम मिनेटमा गोल हान्दै आयोजक नाइटिङ्गेल एकेडेमीले बेष्ट गोलकिपर, वेष्ट कोचको थप उपाधि हात पार्याे । नाइटिङ्गेलले नगद २० हजार र ट्रफी हात पार्याे । उपविजेता बनेको एबिएमले बेष्ट प्लेयर र नगद १५ हजार रुपियाँ हात पार्याे । तेस्रो स्थान प्रगति प्रभात एकेडेमीले हात पार्न सफल भयो । उसले नगद १० हजार र ट्रफी हात पार्याे ।
बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य वडाअध्यक्षहरु कमल घिमिरे, श्यामसुन्दर श्रेष्ठ, बलराम अधिकारी, चन्द्रबहादुर खड्का, शिवकुमार थापा, रामबहादुर कुँबर , विद्यालयको प्रिन्सिपल उमा बस्नेत, व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंजितको उपस्थितीमा पुरस्कार वितरण गरिएको हो ।
निरन्त शैक्षिक रुपमा प्रगतिपथमा हिडेको र जिल्लाको उत्कृष्ट शैक्षिक संसथा नाइटिङ्गेल एकेडेमीले पुनः विद्यार्थीलाई एक्सपोज गराएको भन्दै प्रमुख अतिथी शाक्यले खुसी व्यक्त गर्नुभयो । उहाँले खेल मार्पmत समृद्धि बनेपाको सपना पुरा गर्न आफूहरुले योगदान दिने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालयको प्रिन्सिपल उमा बस्नेतले नाइटिङ्गेल एकेडेमीमा प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिताले युवा विद्यार्थी उत्पादनमा योगदान पु¥याउने लक्ष्य लिएको उल्लेख गर्नुभयो । उहाँले सामुहिक कार्य एकता र लक्ष्यमा अघि बढ्न मद्धत पुगेको उल्लेख गर्नुभयो ।
अध्यक्ष रंजितकारले भौतिक पुर्वाधारसँगै अरु सेवा सुविधा विस्तारमा भुमिका खेल्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया