
आसन्न प्रतिनिधि सभाको निर्वाचनमा काभ्रेको डाडाँपारि क्षेत्र एमालेमय भएको छ । खानीखोला र महाभारत गाउँपालिकाका मतदाताले एमालेका उम्मेदवार अमित लामा र निर्वाचनमा मत माग्न पुगेका एमाले नेता कार्यकर्तालाई अपार माया र मतदान गर्ने विश्वास दिलाएका छन् ।
एमालेले विकास निर्माणदेखि सामाजिक न्यायको आन्दोलनमा डाडाँपारिको लागि माया गरेकाले मत दिएर त्यसको पैचो तिर्ने प्रतिबद्धता जनाएका हुन् । हरेक टोल र वडामा भएका कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । धेरै ठाउँमा एमालेका उम्मेदवारलाई मत दिने प्रतिबद्धता जनाएका छन् । बिहान दिउँसो साँझ पनि कार्यक्रम आयोजना गरेर एमालेप्रतिको आस्था र विश्वास व्यक्त गरेकाले त्यो विश्वास आफूले खेर जान नदिने उम्मेदवार अमित लामाले बताउनुभयो ।
उहाँले डाँडापारिको विकाससँगै त्यहाँको उत्पादनलाई बजारीकरणमा ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा काभ्रे निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता (एमाले)मा प्रवेश गरेका छन् ।
महाभारत गाउँपालिका वडा नं.५ मा भएको एक कार्यक्रमबिच जित बहादुर अछामी एमालेमा प्रवेश गरेका हुन् ।
आगामी फागुन २१ गते हुने आसन्न निर्वाचनको घरदैलो कार्यक्रममा उनी प्रवेश गरेका हुन् । उनलाई काभ्रे निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार अमित लामा,समानुपातिक उम्मेदवार ईन्द्र तामाङले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा पूर्व मन्त्री चन्द्र लामा,बागमती प्रदेश कमिटीका सदस्यहरु दिलिप लामा राकेश लामा र जेनिस लामा नेकपा एमाले जिल्ला उपाध्यक्ष देवसागर लामा ,इन्द्र लामा युवा नेता सागर रायमाझी र रुपक रायमाझी लगायतका नेताहरू उपस्थितिमा उनीहरुलाई स्वागत गरियो । यसअघि हरेक दिन डाडाँपारिबाट प्रवेश हुनेको संख्यामा बृद्धि भएको छ ।
एमालेमय डाडाँपारि
2026-02-16T20:25:58+05:45

तपाईको प्रतिक्रिया