राप्रपाले काभ्रे क्षेत्र नं १ मा दियो कमजोर नभएको सन्देश


राप्रपाले काभ्रे क्षेत्र नं १ मा मोटरसाईकल ¥याली र चुनाव लक्षित कार्यालय स्थापना गरेको छ । राप्रपाले काभ्रेमा आफुहरु कमजोर नभएको सन्देश दिने उदेश्यले मोटरसाईकल ¥याली सहितको कार्यालय स्थापना गरेको राप्रपाका नेता केदार आचार्यले उल्लेख गर्नुभयो । उहाँले नै भकुण्डेवेशीमा निर्वाचन लक्षित कार्यालय स्थापना गर्नुभयो ।

काभ्रे क्षेत्र नं १ का उम्मेदवार नवराज सत्यालले क्षेत्र नं १ का सबै मतदाताले राप्रपालाई बलियो साथ दिने विश्वास दिलाएको बताउनुभयो । उहाँले राजसंस्थाको पुनस्थापनाको एजेन्डामा जनता निरन्तर राप्रपासँग आकर्षित बनेको उल्लेख गर्नुभयो ।
काभ्रे क्षेत्र नं १ का मतदाताको व्यग्र प्रतिक्षामा हलो चिन्हमा मतदान गर्न आतुर भएको राप्रपाका नेता खड्गप्रसाद सापकोटाले बताउनुभयो । दैनिक रुपमा जनता मत हाल्ने दिनको प्रतिक्षा गरिरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया