हामी सबैको मनमा एउटै सपना छ, चौरीदेउरालीलाई सिंहदरबारसँग प्रत्यक्ष रूपमा जोड्ने : अमित लामा

आदरणीय चौरीदेउरालीबासी दाजुभाइ तथा दिदीबहिनीहरू,
आज चौरीदेउरालीका अग्रज, आदरणीय शुभचिन्तक, व्यवसायी तथा समाजका अगुवाहरूसँग भएको भेटघाटले मेरो मन अत्यन्तै उत्साहित बनेको छ। उहाँहरूका अनुभव, माया र विश्वासले मलाई अझ ठूलो जिम्मेवारीबोध गराएको छ।
आज प्रत्यक्ष भेट हुन नपाएका चौरीदेउरालीका मेरा आदरणीय बा–आमा, दिदी–बहिनी तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति पनि मनको गहिराइबाट सम्झना र सम्मान व्यक्त गर्दछु। तपाईंहरू सबै मेरो प्रेरणाका अमूल्य स्रोत हुनुहुन्छ।
हामी सबैको मनमा एउटै सपना छ, चौरीदेउरालीलाई सिंहदरबारसँग प्रत्यक्ष रूपमा जोड्ने ,सवल समृद्ध चौरीदेउराली निर्माण गर्ने। यो सपना मेरो प्राथमिकतामा रहेको छ र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण चौरीदेउरालीवासीको साझा सपना पनि हो।
म तपाईंहरूका हरेक सुख दुःखमा साथ दिने प्रण गर्दछु।
म तपाईंहरूकै मनभित्र छु-यही माटोले हुर्काएको सन्तान हुँ।
म सधैं तपाईंहरूसँगै रहनेछु र तपाईंहरूको भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्दछु।

तपाईको प्रतिक्रिया