बनेपा÷ प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा राजनीतिक गतिविधि उल्लेख्य रूपमा बढ्दै गएको छ । विगतका निर्वाचनमा निर्णायक भूमिका खेलेको यस क्षेत्रमा दलहरूबीच प्रतिस्पर्धा चर्किंदै जाँदा एमालेका उम्मेदवार अशोककुमार व्याञ्जु श्रेष्ठले आफ्नो गतिविधी बढाउनुभएको छ । व्याञ्जु श्रेष्ठले घरदैलो अभियानलाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धता जनतासामु राख्नु भएको छ । जनताको माया र मतदान दिने उहाँलाई बचनबद्धता जनाएका छन् ।
केही दिनयता उहाँ स्थानीय मतदातासँग प्रत्यक्ष संवादमा सकृय हुनुभएको छ । धुलिखेल र बनेपामा उहाँले मतदातासँग प्रत्यक्ष संवाद गर्नु भएको छ । एमालेको नीति आफ्नो राजनीतिक दृष्टिकोण र विकाससम्बन्धी प्राथमिकता प्रस्तुत गर्दा मतदाताले सुर्य चुनाव चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
मतदातासँग अन्तरङ्ग कुराकानी व्यतित गर्नुभएको उम्मेदवार व्याञ्जुले आफू मतदाताको शिर निहुराउने काम नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । जनताका समस्या सुन्ने र समाधानका विषयमा स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहमा देखिएका सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रका समस्यालाई राष्ट्रिय नीतिसँग जोडेर समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले बनेपा नगरपालिका वडा नं ३ को तिनघरे, गुरुङगाउँमा पुगेर त्यहाँका नागरिकसँग अन्तररंग कुराकानी गरेर त्यहाँका समस्या समाधानमा भुमिका निभाउने प्रतिबद्धता जनाउनुभएको छ ।
अशोकलाई मतदाताको न्यानो साथ
2026-02-02T19:59:34+05:45

तपाईको प्रतिक्रिया