आर्शु प्रतिष्ठानले लक्ष्मीको उपचार गर्ने

घाँस काट्न जाने क्रममा भिरबाट लडेर गम्भिर घाईते हुनुभएको काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं ९ निवासी लक्ष्मी तामाङलाई आर्शु स्मृति प्रतिष्ठानले निशुल्क उपचार गराउने भएको छ । प्रतिष्ठानले उपचारको लागि धुलिखेल अस्पतालमा सिफारिस गरेको प्रतिष्ठानका रुपेश काफ्लेले जानकारी दिनुभयो । माघ १३ गते घाँस काट्न जाँदा भिरबाट लडेर तामाङको खुट्टा भाँचिएको उहाँको आर्थिक अवस्था निक्कै कमजोर भएको सिफारिस वडाअध्यक्ष दलबहादुर तामाङले सिफारिस गरेपछि उहाँको उपचार प्रतिष्ठानले गरेको काफ्लेले बताउनुभयो ।
आर्शु काफ्लेको स्मृतिमा स्थापित प्रतिष्ठानले यसअघि आर्थिक रुपमा विपन्न नागरिकलाई उपचार गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया