परिकल्पनाको नयाँ नेतृत्व


परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभाले राधाकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बनेपा प्रतिष्ठित व्यापारी र उद्योगीहरुले स्थापना गरेको सहकारी संस्थाको आगामी चार बर्षको कार्यकालको लागि श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समितिको उपाध्यक्षको बोधनाथ बजगाई, सचिवमा प्रल्हाद शर्मा हुँमागाई र कोषाध्यक्षमा शम्भुप्रसाद पौडेल चयन हुनु भएको छ ।
सहकारीको कार्यसमितिमा राजेन्द्र दाहाल, रामकुमार आचार्य शर्मिला गौतम चयन हुनुभएको छ । सहकारीको लेखा समितिको संयोजकमा नवराज हुँमागाई, सदस्यमा सन्दिपा शर्मा र केशव पराजुली चयन हुनुभएको हो ।
साधारण सभामा अध्यक्ष राधाकृष्ण श्रेष्ठले सहकारीको समग्र प्रगति प्रतिवेदन, उपाध्यक्ष बोधनाथ बजगाईले आर्थिक प्रतिवेदन पेस गर्नुभयो । निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र दाहाल, सल्लाहकार कृष्ण तिमल्सिना लगायतले नव निर्वाचित कार्य समितिलाई बधाई दिनुभयो । स्थापनाको १५ बर्षमा संस्थाले आफूलाई सही रुपमा अघि बढाएको सहभागीले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया