कुशादेवीमा तेक्वान्दो रौनक, समुह विजेता बन्दै कुशादेवीले रच्यो ईतिहास


पनौती । काभ्रेपलाञ्चोक जिल्लाको विहावर क्षेत्र खेलकुदको निक्कै उर्वर ठाँउ हो । फुटवल, भलिवल मात्रै हैन तेक्वान्दो र मार्सलआर्टमा सो क्षेत्रले आफूलाई सबल र अब्बल रुपमा अघि बढाएको छ । त्यही भएर नै हो त्यहाँका खेलाडीले नेशनल र ईन्टरनेशनल गेममा गोल्ड मेडल ल्याएर नेपाल र काभ्रेको नाउँ विश्वसामु चिनाउन सफल भएका छन् ।
कुशादेवीमा पौष ४ देखि सुरु भएको तेक्वान्दो महोत्सव आईतबार भव्य समारोहका बीचमा समापन गरिएको छ । काभ्रेका दर्जन डोजोको सहभागितामा भएको प्रतियोगितामा कूल कुशादेवी डोजोङ ८ वटा गोल्ड पदक ल्याउँदै प्रथम भयो । कुशादेवीले ब्राउन्च ११ वटा र सिल्भर ५ वटा आफ्नो पोल्टाम हाल्न सफल भएको हो । उसले नगद १५ हजार र ट्रफी आफ्नो हातमा पार्याे । उपाधिसँगै बेष्ट कोच र विभिन्न विधामा समेत उत्कृष्ट खेलाडी बन्न सफलभयो ।
प्रतियोगितामा अरनिको तेक्वान्दो डोजाङ दोश्रो भयो । उसले पाँच गोल्ड, ७ वटा सिल्भर र ४ वटा ब्राउन्च मेडल ल्याएको हो । डिभाईनलाईट तेक्वान्दो डोजाङ तेश्रो भयो । उसले ४ वटा गोल्ड र एउटा सिल्भर पदक जित्यो । उसले सात हजार ५ सयसँगै मेडल ट्रफी हात पार्न सफल भएको हो ।
प्रतियोगिताको उत्साह भर्न सो क्षेत्रका सर्वसाधारण कुशादेवी माध्यामिक विद्यालयका उपस्थित भएका थिए । पनौती नगरपालिका वडा नं २ र ३ तथा पनौती कार्यपालिकाले प्रतियोगिताका लागि आर्थिक संयोजन गरेका थिए । त्यस्तै समाजसेवी जंगबहादुर जंगम, क्याप्टेन रामेश्वर थापा, अर्जुन हुँमागाईले आर्थिक सहयोग गर्नुभएको थियो । प्रतियोगिताको समापनको अवसरमा उहाँहरुलाई सम्मान गरिएको थियो ।
प्रतियोगिताको भरमा उत्कृष्ट खेलाडी कुशादेवीका विरेन्द्र हुँमागाईले नगद एक हजार ट्रफी रप्रमाणपत्र हात पारे । पनौतीको शर्मिला तामाङ उत्कृष्ट खेलाडी बन्दै नगद पुरस्कार ट्रफी हात पारिन् ।
पुक्सी तर्फ कुशादेवीका प्रशन्न थापा उत्कृष्ट भए । कुशादेवीकै प्राश्ना सापकोटाले केटी तर्फ उत्कृष्ट बनिन् । उनीहरुले जनही एक हजार पुरस्कार पाए । प्रतियोगिताका उत्कृष्ट कोच कुशादेवीका विजय खड्का चुनिए । उनले नगद एक हजार पाए ।
प्रतियोगितामा उत्कृष्ट रेफ्री रविन्द्र श्रेष्ठ ५ हजार नगद सहित उत्कृष्ट बने । पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, पुर्व नगर प्रमुख भीम न्यौपाने, नेपाल तेक्वान्दो संघ कुकियन नेपालका इन्चार्ज टिकाप्रसाद लिम्बु (तार्जन), प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, त्रिभुवन विश्वविद्यालयका पुर्व सहायक डिन डा.निलमकुमार शर्मा, पनौती नगरपालिका वडा नं २ का अध्यक्षका अध्यक्ष पुरुषोत्तम अधिकारी, वडा नं ३ का अध्यक्ष विष्णुप्रसाद सापकोटाले मन्तव्य राखेका थिए ।
नगरपालिकाका शाखा अधिकृतहरु, वडा सचिवहरु, पार्टी प्रतिनधिहिरु, विद्यालयका प्रधानाध्यापकहरु, तेक्वान्दो खेलका पुर्व जिल्ला अध्यक्ष प्रशिक्षक रामचन्द्र कर्माचार्य, , तेक्वान्दो संघका अध्यक्ष केशव थापा लगायतले प्रतियोगिताले स्थानीय स्तरमा समेत खेलका बारेमा सकारात्मक सन्देश प्रवाह गर्न सहजता भएको बताए । शारदा ढुंगानाको संचालन गरेको कार्यक्रममा स्थानीय स्तरबाट राष्ट्रि, अन्तराष्ट्रिय तथा जिल्ला स्तरमा उत्कृष्ट भएका खेलाडी तथा सहयोगीहरुलाई सम्मान गएिको थियो ।

प्रतियोगिताका १३ डोजाङका करिव ४ सय खेलाडीहरुले विभिन्न विद्यामा प्रतिस्पर्धा गरेका थिए । २०५२ सालमा प्रशिक्षण शुरु भएको उक्त क्षेत्रमा ३० वर्ष पछि जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको हो । तत्कालिन अवस्थामा गुरु रामचन्द्र कर्माचार्यले कुशादेवीमा तेक्वान्दो प्रशिक्षण दिएका थिए ।

अन्तराष्ट्रियस्तरमा पुगेका खेलाडीलाई सम्मान


प्रतियोगिताको समापनको अवसर पारेर नेशनल तथा ईन्टरनेशनल गेममा उत्कृष्ट बन्ने खेलाडीलाई सो अवसरमा सम्मान गरिएको थियो । सम्मानित हुनेमा केशव थापा, कुशल हुँमागाई, विवेक तामाङ हुुनुहुन्छ ।

कुशादेवीमा राष्ट्रिय स्तरको गेम
तीनदेखि कुशादेवीमा भएको प्रतियोगिताले राष्ट्रिय स्तरको गेमको झल्को दिएको खेलप्रेमीहरुले उल्लेख गरेका छन् । उच्चस्तरीय प्रर्दशनमात्रै हैन प्रविधिको प्रयोग पनि निक्कै राम्रो भएको थियो । यसले खेलाडीमा आत्मवल बढेको स्पष्टसँग देखिन्थ्यो

 

तपाईको प्रतिक्रिया