पुस्तक तथा स्टेशनरी महासंघमा शरणको नेतृत्व


दोलालघाट । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ जिल्ला शाखा काभ्रे १० औ साधारण सभा तथा सातौ अधिबेशन पर्यटकीय नगरी दोलालघाटमा शनिबार सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष रामकुमार आचार्यको सभापतित्वमा भएको साधारण सभामा प्रथम उपाध्यक्ष राजन श्रेष्ठले मन्तव्य राख्नुभयो । महासंघका केन्द्रीय लेखा आयोगका संयोजक कृष्णराम कार्कीले प्रमुख आतिथ्यता गर्दै स्वस्थ्य प्रतिस्पर्धा र मिलेर जानु पर्नेमा जोड दिनुभयो । सुबिन मानन्धर र भिमप्रसाद आचार्य कार्यक्रमका विशेष अतिथी रहनु भएको थियो ।
अध्यक्षमा शरण निर्वाचित
साधारण सभाले शरण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राजेन्द्र घिमिरे, द्धितिय उपाध्यक्षमा सुवास अधिकारी, सचिवमा मदन ढुंगाना, सहसचिवमा ईश्वर थापा, कोषाध्यक्षमा रामसुन्दर भट्टराईलाई चयन गरेको छ । अधिवेशनले श्रीराम कार्की, सालिकराम घिमिरे, रेखा अधिकारी, महेश बस्नेत,ईश्वर आचार्यलाई कार्य समितिमा चयन गरेको छ ।
खेमराज भट्टराई संयोजक रहेको लेखा समिति चयन भएको हो । समितिमा कमलप्रसाद सिग्देल र साजनप्रसाद दुलाल सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया