बनेपामा नरदेवी श्वेतकाली देवी नाच

बनेपा÷ऐतिहासिक तथा पुरातात्विक सहर बनेपामा नरदेवी श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच नचाईने भएको छ ।
प्रत्येक १२ –१२ बर्षमा १२ बर्षे देबी नाच पर्व अन्तरगत नरदेवी,हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारीघर, ईन्द्रचोक र कालभैरव पछाडीको डबली, ललितपुर, किर्तिपुुर, भक्तपुर र बनेपाको लायकु डबलीमा यो नाच हुने गरेको छ । सो अन्तरगत कात्तिक २० बनेपाको प्राचिन लायकू डबलीमा असिमाको १२ बर्षे नाँच देखाईने भएको हो । कात्तिक २२ गतेसम्म नचाइने नाच २० गते रातको एक बजेसम्म नचाइने नाच समारोह समितिले जनाएको छ । समितिका संयोजक एंव बनेपा नपा वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धरले कात्तिक २० गते भक्तपुरमा रहेका देवीहरुलाई विधिपूर्वक प्रस्थान गराएका दिउँसो २ बजे लायकू गणेशस्थानमा ल्याउने कार्यतालिका छ ।
दिउँसो ५ बजे साँस्कृतिक बाजागाजा सहित मंगलयात्रा गरेर देवीलाई लायकु डबलीमा ६ः३० मा प्रवेश गराउने र मध्यरातसम्म नाच गराउने, २१ ग्ते बिहान ७ बजे करुणामय को नाच हुनेछ ।
साँझ ८ बजेसम्म देवीका सबै नाँच पुरा हुनेछन् । यस्तै कात्तिक २१ गते बिहान ७ः०० बजेदेखि नाच आरम्भ भई बेलुका ८ बजे दोस्रो चरणको नाच सम्पन्न हुनेछ ।
किंवदन्ती अनुसार बनेपाका राजा काठमाडौँको हात्ती सिकार गर्न आउनुभएको थियो । आफ्नो सिकार गर्न आएको देखी हात्ती रिसाई राजालाई मार्न लखेटेपछि राजा भाग्दै च स्वाँ (एक प्रकारको फूल) फुल्ने रुखनिर पुग्नुभयो ।
हात्तीदेखि डराएका राजाले त्यहाँ आफूलाई बचाउन गुहार माग्नुभयो। “त्यसपछि त्यहाँ ठूलो ज्योति उत्पत्ति हुँदा हात्ती राजालाई केही गर्न नसकी फर्कियो । अनि राजा प्रसन्न भई आफूलाई बचाउने त्यो ज्योति पक्कै पनि कुनै दैवी शक्तियुक्त भएको बुझी नाना प्रकारका स्तुति गर्नुभयो।” सो रुखको फेदबाट श्वेत वर्णकी श्वेतकाली देवी उत्पन्न भई दर्शन दिएको भन्ने किंवदन्ती छ ।
मध्यरातबाट श्वेतकालीसहित अष्टमातृका बाहिर निस्की नृत्य प्रस्तुत गर्ने गरेको तान्त्रिक गुरु लम्बकर्ण भट्टले पत्ता लगाएको किंवदन्ती छ । सोही कुरालाई हरेक वर्ष घोडेजात्राका दिन नरदेवीको डबलीमा हुने गणनाचले प्रतिविम्बित गर्ने गरिन्छ ।
नरदेवीलाई नरबलि लिने देवीका रूपमा पनि लिइन्छ तर त्यो भनेको मानिसको बलि नभई मानिसको मनभित्रको अहङ्कार, ईष्र्या, क्रूरता, आलस्यको बलि भन्न खोजिएको जानकारहरूको भनाइ छ । वंशावलीअनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशको रक्षार्थ नगरका चारैतिर लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा र लुती अजिमा स्थापना गरी खटजात्रा चलाउनुभएको हो ।
ऐतिहासिक १२ बर्षमा हुने नरदेवी जात्राको अवलोलन गर्न आयोजक समितिले अनुरोध गरेको छ । मंगलबार बनेपामा पत्रकार सम्मेलनको आयोजना गरि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जात्रा अवलोकन गर्न अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया