प्रतिबद्धता पुरै गर्दै सचितानन्द, बुडोलमा एकघर एक धारा

बनेपा÷ दोस्रो कार्यकाल वडाअध्यक्ष चलाईरहेका जिल्लाकै पुरानो नगरपालिका बनेपाको वडा नं ६ मा निर्वाचनमा बोलेको प्रतिबद्धता पुरा गराउन वडाअध्यक्ष सचितानन्द केसीको पहल निक्कै लोभलाग्दो देखिएको छ । निर्वाचनको समयमा वडाभित्रका बस्तीमा खानेपानी दिने प्रतिबद्धता अनुसार उहाँले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नारा नै अघि सार्नु भएको छ । सोही अभियान अन्तरगत एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालिएको हो ।
सो वडाका खानेपानीको अभाव भोगेका सात सय ६० परिवारलाई समेट्ने उहाँले बताउनुभयो । अध्यक्ष केसीका अनुुसार खानेपानी वितरणसहित आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट आयोजनाका लागि थप रु ३५ लाख विनियोजना भएको थियो । सो बजेटमध्ये रु २५ लाख खानेपानी वितरणसहित आयोजना सम्पन्न गर्न तथा हाल बाँकी डाँडागाउँमा ट्याङ्कीसहित लाइन विस्तार गर्न रु १० लाख विनियोजन गरिएको छ । आयोजनाले समानुपातिक खानेपानी वितरण अभियान प्रारम्भ गरिएको केसीले दाबी गर्नुभयो । आयोजनाले वडाका अरनिको राजमार्ग दक्षिण, सिलु–मार्ग पूर्व, खहरे–खोला पश्चिम र अरनिको राजमार्ग उत्तरी क्षेत्रका बस्तीलाई समेट्ने छ । आयोजना डिप बोरिङ तथा स्थानीय पानीका मुललाई स्रोत बनाइएको हो । आयोजना कार्यान्वयनका लागि भैरव केसीको अध्यक्षतामा १७ सदस्यीय उपभाक्ता समिति गठन गरिएको छ । समितिले आयोजना सम्पन्नतालाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ । त्यसका लागि आम भेला बसेर पानी वितरणको कार्यअघि बढाउन भुमिका खेल्ने प्रतिबद्धता जनाईएको छ ।
समितिको अध्यक्षमा भैरव के।सी।, उपाध्यक्षमा मानकुमारी लामा र भरत तिमल्सिना, सचिवमा राजु मानन्धर, सह–सचिवमा सुनिल घर्तीमगर र कोषाध्यक्षमा रामकुमार भुजेल चयन भएका छन् ।

सदस्यहरूमा रामचन्द्र अधिकारी, कृष्णप्रसाद दाहाल, श्यामचन्द्र श्रेष्ठ, दिपनारायण पराजुली, रिता गिरी, ओमप्रकाश केसी, सिता सिग्देल, गिता चौलागाई, निकिता तामाङ, सर्मिला विक र गणेशबहादुर भुजेल रहेका छन् । बाँकी तीन सदस्य पछि मनोनयन गरिने निर्णय गरिएको छ ।

कार्यक्रममा स्वागत वडा सदस्य विष्णु नारायण श्रेष्ठले र धन्यवाद ज्ञापन लालकृष्ण तिमल्सिनाले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव गोकुल अधिकारीले गर्नुभएको थियो ।
वडा अध्यक्ष के।सी। का अनुसार अभियानबाट करीब ७६० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । उनका अनुसार योजना छिट्टै कार्यान्वयनमा ल्याइने र सबै घरमा शुद्ध खानेपानी पुर्याउने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया