नानीदाईलाई बचाउन जुटे देउपुरबासी, पाँच दिनमै १५ लाख संकलन

मण्डनदेउपुर÷यो कुनै महायज्ञ पनि हैन तर महायज्ञभन्दा पनि कम छैन । सामाजिक संञ्जाल फेसबुक मार्फत एउटा महायज्ञमा दान गरेजसरी दिल खुलेर मण्डनदेउपुरमा अझ साविकको गैरीबिसौना एउटा अभियान चलेको छ । त्यसमा सबैले साथ र सहयोग दिएका छन् । सफा र स्वच्छ मनले कुनै अभियान चलायो भने त्यसले सफलता मिल्छ भन्ने उदाहरण अभियानले पेस गरेको छ ।
सबैलाई सहयोग गर्ने र मिलनसार मण्डनदेउपुर नगरपालिका वडा नं ६ का भोलाप्रसाद ढकाल (नानी दाई) छ महिनाअघि जिब्रोमा समस्या देखियो । क्यान्ससको लक्षणपछि भक्तपुर क्यान्सर अस्पतालमा चेकजाँच भयो । सुधार हुन सकेन । पुनः हरिसिद्धी क्यान्सर अस्पतालमा उहाँको शल्यक्रिया गर्नूपर्ने अवस्था आयो । आफूसँग भएको पैसाले उपचार गराएका नानी रामको परिवारमा आर्थिक समस्या देखियो । त्यसपछि सुरुभयोे उहाँ बचाउने अभियान । उहाँको शल्यक्रिया सफल भएको परिवारले जनाएको छ ।
उहाँको उपचारमा सहयोग रकम संकलन गर्न पुरै गाउँले साथ दिएको छ । छ दिनअघि सुरु भएको नानीराम दाई बचाउ अभियान सामाजिक संञ्जाल फेसबुकमा सकृय भएसँगै कम्तिमा १४ लाख रुपियाँ संकलन भएको छ । स्थानीय अगुवाहरुको अग्रसरमा भएको सहयोग रकम संकलन अभियानको पाँच दिनसम्म आईपुग्दा हालसम्म ६०९ जना प्रत्यक्ष रुपमा यस अभियानमा जोडिनु भएको छ । १५ लाख ५० हजार रुपैयाँ मात्र) सहयोग संकलन भएको छ । उहाँ हरिसिद्धि अस्पतालको सघन कक्षमा उपचाररत हुनुहुन्छ र स्वास्थ्य अवस्था क्रमिक सुधारको क्रममा रहेको पारिवारिक श्रोतले जनाएको छ ।
स्वतस्फूर्त रुपमा सहयोग गर्न चाहनेले अझैपनि सहयोग गर्न सक्नुहुनेछ । तर उहाँलाई तत्काल आवश्यक पर्ने रकम संकलन भएकाले तत्कालका लागि सामाजिक संञ्जाल मार्फत आर्थिक संकलनको कार्य रोकिएको नानीराम बचाउ अभियानका अभियान्ताले उल्लेख गरेका छन् । थप रकम आवश्यक परेमा अभियान पुनः संञ्चालनमा ल्याईने प्रतिबद्धता जनाईएको छ ।

तपाईको प्रतिक्रिया